बिर्तामोडमा बस दुर्घटना, १२ घाइते एकको अवस्था गम्भीर



हाम्रो इकोनोमि

बाक्लो हुस्सुका कारण झापाको बिर्तामोड नगरपालिकास्थित चारपाने चोकमा बस र ट्रिपर ठोक्कि‌ंदा बाह्र जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १६४४ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ७१९६ नम्बरको ट्रिपर ठोक्किएका थिए।

दुर्घटनामा बसमा सवार १२ जना यात्रु घाइते भएको प्रहरीले बताएको छ। घटनामा घाइतेमध्ये विर्तामोड–१ का जेफिर आलमको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। उनको बी एण्ड सी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ। अरु घाइतेलाई उपचारका लागि बिर्ता सिटी अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...