बिर्तामोडमा बस दुर्घटना, १२ घाइते एकको अवस्था गम्भीर



हाम्रो इकोनोमि

बाक्लो हुस्सुका कारण झापाको बिर्तामोड नगरपालिकास्थित चारपाने चोकमा बस र ट्रिपर ठोक्कि‌ंदा बाह्र जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १६४४ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ७१९६ नम्बरको ट्रिपर ठोक्किएका थिए।

दुर्घटनामा बसमा सवार १२ जना यात्रु घाइते भएको प्रहरीले बताएको छ। घटनामा घाइतेमध्ये विर्तामोड–१ का जेफिर आलमको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। उनको बी एण्ड सी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ। अरु घाइतेलाई उपचारका लागि बिर्ता सिटी अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...