ओलीलाई भेटेर फरार रहेका नवराज सिलवाललाई समातेर खोरमा जाक्न यसरी जारी भयो यस्तो बिशेष आदेश



फरार रहेका पूर्व डिआइजी नवराज सिलवाललाई जहाँ भेटे पनि पक्रन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । बढुवाका लागि कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको अभियोगमा छानविन गर्न प्रहरीले सिलवालको खोजी गरिरहेको छ ।

प्रहरी प्रमुख चयनको चर्चित काण्डमा जोडिएका सिलवाल हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट सांसद निर्वाचित हुन् । प्रहरी प्रधान कार्यालयले बुधबार पत्राचार गर्दै भेट्नासाथ समात्न निर्देशन दिएको हो ।

काठमाडौं प्रहरीको खोजीमा रहेका सिलवालविरुद्ध सातै प्रदेशमा खोजेर समात्न पत्राचार भएको प्रहरी स्रोतले जानकारी दिएको छ । सर्वोच्च अदालतले सिलवालले कामसू कीर्ते गरेको र त्यसबारे अनुसन्धान थाल्न निर्देशन दिएपछि काठमाडौं प्रहरीले उनलाई खोज्न थालेको थियो ।

सिलवालसँग सोधपुछ र बयान लिनुपर्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई काठमाडौं प्रहरीले गत पुस १८ गते पत्राचार गरेको थियो । प्रहरी परिसर ललितपुरले सिलवालको ठेगानामा उनी नभेटिएको भन्दै पत्राचार गरेको थियो ।

ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभामा नवनिर्वाचित नवराज सिलवालले पूर्व निर्धारित कार्यक्रमका लागि मलेसिया पुगेको भन्दै आफू फरार नभएको जानकारी दिएका थिए ।

उनले मलेसियमा जुन कार्यक्रमका लागि गएको बताएका थिए, त्यहाँ त्यस्तो कुनै कार्यक्रम नै थिएन । उनले जुन एयरलाइन्सबाट मलेसिया गएको जानकारी दिएका थिए, त्यसको समेत फ्लाइट सेड्युल नै गलत थियो ।

त्यसयता कुनै पनि मिडियामा उनी सार्वजनिक भएका छैनन् । पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि एमालेका अध्यक्ष केपी ओलीसँग गोप्य भेट गरेर सिलवाल अण्डरग्राउण्ड भएका हुन् । स्रोतका अनुसार सिलवाल नेपालमै लुकेर बसेको बताइएको छ ।

पूर्व डिआइजी नवराज सिलवाललाई जहाँ भेटे पनि पक्रन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । तर सिलवाल भने नेपालमै छन् वा छैनन् भन्ने कसैलाई थाहा छैन ।

सरकारी दस्तखत छाप किर्तेमा प्रहरीको खोजीमा परेका सिलवाल परिवारसहित अमेरिका पुगेका छन्।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरीले बयानका लागि खोजी गरेपछि उनी स्थलमार्गबाट भारत हुँदै अमेरिका गएका हुन्। उच्च स्रोतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई कार्यालयमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र काटेपछि उनी भारतबाट मलेसिया-इन्डोनेसिया हुँदै अमेरिका पुगेका हुन्।

उनी अमेरिका पुगेको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्ने तयारी गरेको छ।

बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविन गर्न प्रहरीले सिलवालको खोजी गरिरहेको छ । प्रहरी प्रमुख चयनको चर्चित काण्डमा जोडिएका सिलवाल हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट सांसद निर्वा्चित हुन् ।

संसद भवन प्रवेश गर्ने तयारीमा रहेका सिलवाल यतिबेला भने नेपालमै बस्न नसक्ने स्थिती आएको छ । कि त अनुसन्धानमा सहयोग गर्नका लागि सहजै प्रहरीको जानु पर्यो, कि त भाग्नु पर्यो । अहले नवराज सिलवाल भागेका छन् । अर्थात उनलाई प्रहरीले फेला पार्न सकेको छैन । यस अर्थमा उनी लुकिरहेका छन् ।

केही समय अघि नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय ललितपुरलाई तत्काल नवराज सिलवाललाई पक्राउ गर्नु भनि पत्र पठाएको थियो । सिलवालको घर ललितपुर जिल्लामा भएकाले सोही जिल्ला प्रहरीलाई प्रधान कार्यालयले पक्रन आदेश दिएको थियो । त्यसलगत्तै सिलवाल बेपत्ता भए । मलेसिया पुगेको खबर फैलियो । यता प्रहरी भने सिलवालको घरसम्म पुगेर रित्तै फर्कियो ।
तर सिलवाल न घरमा थिए, नत मलेसिया गएको नै पुष्टी भयो ।

बुधबार प्रहरी प्रधान कार्यालयले सिलवाललाई जहाँ भेटे पनि पक्राउ गर्न भनि सातै वटा प्रदेशका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।
पक्राउ पर्ने संकेत प्रहरीभित्रबाटै सुचना पाएपछि उनी नेपाल बाहिर छन् । नेपाल प्रहरीमा हुँदा मन पराइएका सिलवालका शुभचिन्तक प्रहरीमा नहुने कुरै भएन । तसर्थ अझै पनि प्रहरीभित्रको गोप्य सुचना सिलवालले पाउने नै भए ।

हालै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो बनेको राजनीतिक दल नेकपा एमालेका नेता बनिसकेका सिलवाल यतिबेला असुरक्षित महसुस गरेरै देशबाहिरै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्