यसरी लगाए काँग्रेस र मधेसवादी दलले प्रदेश प्रमुखको भागबण्डा, यी हुनु काँग्रेसले छानेका ५ प्रदेश प्रमुख, २ र ५ मधेसवादी दलको जिम्मामा



हाम्रो इकोनोमि

सरकारले आज सातवटै प्रदेशको प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरेको छ । मधेसवादी दुई संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त हुन लागेका हुन्।

यसबारेमा निर्णय गर्न केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै छ।

बालुवाटार स्रोतका अनुसार प्रदेश २ र ५ मा मधेसवादी दलको सिफारिशमा प्रदेश प्रमुख नियुक्त हुनेछन्।

स्रोतका अनुसार प्रदेश १मा गोविन्द सुब्बा, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश सातमा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गर्ने प्रधानमन्त्री देउवाको तयारी छ। ‘यी नाममा केही तलमाथि हुन पनि सक्छ,’ स्रोतले भन्यो।

त्यस्तै आजको बैठकले प्रदेश सभाको पहिलो बैठक बस्ने अस्थायी मुकाम पनि तोक्ने छ।

सरकारले विराटनगर, जनकपुर, ललितपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीलाई अस्थायी मुकाम तोक्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...