यसरी लगाए काँग्रेस र मधेसवादी दलले प्रदेश प्रमुखको भागबण्डा, यी हुनु काँग्रेसले छानेका ५ प्रदेश प्रमुख, २ र ५ मधेसवादी दलको जिम्मामा



हाम्रो इकोनोमि

सरकारले आज सातवटै प्रदेशको प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरेको छ । मधेसवादी दुई संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त हुन लागेका हुन्।

यसबारेमा निर्णय गर्न केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै छ।

बालुवाटार स्रोतका अनुसार प्रदेश २ र ५ मा मधेसवादी दलको सिफारिशमा प्रदेश प्रमुख नियुक्त हुनेछन्।

स्रोतका अनुसार प्रदेश १मा गोविन्द सुब्बा, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश सातमा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गर्ने प्रधानमन्त्री देउवाको तयारी छ। ‘यी नाममा केही तलमाथि हुन पनि सक्छ,’ स्रोतले भन्यो।

त्यस्तै आजको बैठकले प्रदेश सभाको पहिलो बैठक बस्ने अस्थायी मुकाम पनि तोक्ने छ।

सरकारले विराटनगर, जनकपुर, ललितपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीलाई अस्थायी मुकाम तोक्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...