राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु



हाम्रो इकोनोमि

कञ्चनपुरको भीमदत्तनगरमा ‘३९औँ राष्ट्रिय खेलकुद परिषद् ब्याडमिन्टन च्याम्पियनसिप’ प्रतियोगिता आजदेखि शुरु भएको छ ।

जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठले अन्तरराष्ट्रिय प्रतियोगितामा समेत पछिल्ला वर्षमा नेपाली खेलाडीले उपाधि जित्न सफल भइरहेको र आगामी दिनमा खेलाडी उत्पादनमा थप पहल गरिने जानकारी दिनुभयो ।

“विभागीय टोलीले खेलका लागि महत्वपूर्ण वातावरण बनाएका छन्” उहाँले भन्नुभयो, “दक्ष र शैक्षिक योग्यता पुगेका खेलाडीलाई विभागलाई पदोन्नतिमा पनि ध्यान दिन आग्रह गर्छु ।” समारोहमा ब्याडमिन्टनका पूर्व खेलाडी क्षेत्रज्ञनारायण खत्री र ब्याडमिन्टनका राष्ट्रिय खेलाडी दीपेश धामीलाई सम्मान गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को रु आठ लाख सहयोग र रु १३ लाख आयोजकले व्यवस्थापन गरेर प्रतियोगिता भएको कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष गोकुल बोहराले जानकारी दिनुभयो । प्रतियोगिता शुरु हुनुअघि भीमदत्तनगरमा प्रभावफेरी आयोजना गरिएको थियो । पाँच विकास क्षेत्र र तीन विभागीय टोलीका करिब १७५ पुरुष तथा महिला प्रतियोगी रहेको प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...