राजधानी नतोक्न ज्योतिषीले सुझाब दिए पछी देउवाले आज ४ बजे यी व्यक्तिलाई नियुक्त गर्दैछन् प्रदेश प्रमुखमा,देउवा पत्नी आरजुले यसरी बोकिन कट्वाललाई



हाम्रो इकोनोमि

सरकारले आज (मंगलबार) सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । दिउँसो साढे ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकबाट सातवटै प्रदेशमा प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोकिन लागेकाे हाे ।
सरकारले राजनीतिक संलग्नता नभएका, पूर्वन्यायाधीश, पूर्वप्रशासक, सामाजिक प्रतिष्ठा भएका व्यक्तिहरूलाई प्रदेश प्रमुख नियुक्त गर्ने सम्भावना छ ।

प्रदेश प्रमुखका लागि माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, पूर्व प्रधानसेनापति रुकमाङ्गत कट्वाल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीश पोखरेल, पुष्कर बज्राचार्य, पूर्वसचिव उमाकान्त झा, रत्नेश्वरलाल कायस्थ लगायतको चर्चा छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार सरकारले आज प्रदेश प्रमुखका साथै कार्यालय सञ्चालनका लागि अस्थायी कार्यालय समेत तोक्ने भएको छ । प्रदेशको अस्थायी राजधानी तोक्दा आन्दोलन चर्किन सक्ने देखिएपछि सरकारले कार्यसञ्चालनका लागि अस्थायी कार्यालय मात्र तोक्न लागेको हो।

कानुन मन्त्री यज्ञबहादुर थापाका अनुसार सरकारले उच्च अदालत भएका ठाउँमा अस्थायी कार्यालय तोक्नेछ। उच्च अदालत प्रदेश १ मा विराटनगर, प्रदेश २ मा जनकपुर, प्रदेश ३ मा पाटन, प्रदेश ४ मा पोखरा, प्रदेश ५ मा दाङ, प्रदेश ६ मा सुर्खेत र प्रदेश ७ मा दिपायलमा रहेको छ ।

सरकारले प्रदेश प्रमुख र उनीहरु बस्ने अस्थाइ कार्यालय तोक्नु अघि प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिका लागि दलहरुसँग पनि अनौपचारिक छलफल गर्दैछन् ।

अन्यदलहरुसंग सहमती जुटाउनकै लागि प्रधानमन्त्री देउवाले बिहान नौ बजेका लागि तय भएको बैठक अपरान्ह ४ बजेका लागि सारेका हुन् । देउवाले आफ्नै पार्टीसँग पनि आन्तरिक छलफल गर्दैछन् ।

पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल र अधिकारकर्मी अनुराधा कोइरालालाई प्रदेश प्रमुख नियुक्ति गर्न कांग्रेसभित्रै लबिङ भइरहेको छ । कटवालका लागि आरजु राणा, डा. प्रकाशशरण महत, बालकृष्ण खाणसहितका नेताले लबिङ गरिरहेका छन् ।

पौडेल पक्षका केही नेताले भने त्यसमा विरोध जनाएका छन् । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले अनुराधा कोइरालाका लागि लबिङ गरिरहेका छन् । उनको नाममा संस्थापन देउवा पक्षका नेताहरू असहमत रहेको कांग्रेसका एक नेताले बताए ।

-राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले आफ्ना नातेदार उमाकान्त झालाई प्रदेश प्रमुख बनाउन प्रस्ताव गरेका छन् । झा पूर्वसचिव तथा खिलराज रेग्मी सरकारका मन्त्री हुन् । झाको नाममा प्रधानमन्त्री देउवा पनि सहमत भएको स्रोतको भनाइ छ ।

-संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पूर्वसचिव रत्नेश्वरलाल कायस्थलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुख बनाउन दबाब दिएका छन् ।

-प्रदेश प्रमुखका लागि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीश पोखरेल र पुष्कर बज्राचार्य पनि चर्चामा रहेकाे नयाँ पत्रिकाले लेखेकाे छ । यसअघि प्रमुखका लागि चर्चामा रहेका त्रिवि पूर्वउपकुलपति केदारभक्त माथेमा र पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको नाम छलफलबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...