भागबण्डा गर्न सिंहदरबारमा एमाले-माओवादी कार्यदलको बैठक सुरु,के-के हुदैछ सहमति



हाम्रो इकोनोमि

राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकारको निर्माण लगायतका विषयमा गठित एमाले–माओवादी केन्दको कार्यदलको बैठक सुरु भएको छ।सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा दुबै पार्टीका उपल्ला नेताहरु सम्मिलित कार्यदलको बैठक अपरान्ह ४ बजेदेखि सुरु भएको हो।

२५ पुषमा भएको एमाले–माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठकले कार्यदलको गठन गरेको थियो।

कार्यदलमा एमालेबाट सुवाष नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’, बर्षमान पुन र मातृका यादव छन्।
एमाले नेता सुरेन्द्र पाण्डेले बैठक मूलत राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारीका सम्बन्धमा कुराकानी हुने बताए।

‘प्रदेश सरकार भन्दा पहिले राष्ट्रिय सभाको निर्वाचन हुन्छ’ पाण्डेले भने, ‘त्यसैले राष्ट्रिय सभाको कुरा टुङ्ग्याएपछि प्रदेश सरकारका सम्बन्धमा कुराकानी सुरु हुन्छ।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...