भागबण्डा गर्न सिंहदरबारमा एमाले-माओवादी कार्यदलको बैठक सुरु,के-के हुदैछ सहमति



हाम्रो इकोनोमि

राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकारको निर्माण लगायतका विषयमा गठित एमाले–माओवादी केन्दको कार्यदलको बैठक सुरु भएको छ।सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा दुबै पार्टीका उपल्ला नेताहरु सम्मिलित कार्यदलको बैठक अपरान्ह ४ बजेदेखि सुरु भएको हो।

२५ पुषमा भएको एमाले–माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठकले कार्यदलको गठन गरेको थियो।

कार्यदलमा एमालेबाट सुवाष नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’, बर्षमान पुन र मातृका यादव छन्।
एमाले नेता सुरेन्द्र पाण्डेले बैठक मूलत राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारीका सम्बन्धमा कुराकानी हुने बताए।

‘प्रदेश सरकार भन्दा पहिले राष्ट्रिय सभाको निर्वाचन हुन्छ’ पाण्डेले भने, ‘त्यसैले राष्ट्रिय सभाको कुरा टुङ्ग्याएपछि प्रदेश सरकारका सम्बन्धमा कुराकानी सुरु हुन्छ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...