२३औँ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता : ८ टिम सहभागी, जम्मा ७ खेल हुने



हाम्रो इकोनोमि

राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत अखिल नेपाल फुटबल संघ एन्फाले २३औँ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता आगामी माघ २ देखि ६ गतेसम्म सञ्चालन गर्ने भएको छ।

पाँच दिन चल्ने प्रतियोगिताका खेलहरु अरनीको खेल मैदान तुलसीपुर दाङ र भरतपुर खेल मैदान घोराही दाङमा हुने एन्फाले जनाएको छ।

प्रतियोगितामा तीन विभागीय र पाँच विकास क्षेत्र गरी कूल ८ टोलीको सहभागिता रहेको छ।

सिधै नकआउटकाआधारमा हुने प्रतियोगितामा पहिलो खेल जित्ने टिम सेमिफाइनल पुग्नेछ भने पराजित हुने टिम बाहिरिने छन्।

यसरी हेर्दा ८ टोली सहभागि प्रतियोगितामा फाइनल समेत गरी जम्मा ७ खेल हुनेछ। पहिलो चरणका खेल जित्ने ४ टिम सेमिफाइनलम प्रवेश गर्नेछन्।

उद्घाटन खेल माघ २ गते मध्यपश्चिम क्षेत्रिय टिम र सशस्त्र प्रहरी बलको एपीएफ बीच हुनेछ। २ गते नै मध्यमाञ्चल र सुदूरपश्चिम क्षेत्रिय टिमबीच प्रतिस्पर्धा हुनेछ।

मध्यपश्चिम र एपीएफबीचको विजेताले सेमिफाइनलमा नेपाल पुलिस र पश्चिमात्र्चल क्षेत्रिय टिमबीचको विजेतासँग खेल्नेछ। मध्यमाञ्चल र सुदूर पश्चिमबीचको खेलको विजेताले पूर्वाञ्चल आर्मीबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ।

प्रतियोगिताका लागि प्रत्येक टिमले १८ खेलाडी दर्ता गर्न सकिने एन्फाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...