काठमाण्डौको होटलबाट २ महिलासहित २५ जुवाडे पुरुष पक्राउ, ४ लाख बरामद



हाम्रो इकोनोमि

शनिबार राति प्रहरीले राजधानीबाट २७ जना जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले कमलादीस्थित होटल लेन्डमार्कबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दुई महिला २५ पुरुष रहेका छन्। उनीहरुको साथबाट तीन लाख ८९ हजार नेपाली रुपैयाँ, एक सय डलर तथा १६ थान कौडा बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीले क्यासिनोमा कडाइ गरेपछि मोबाइल जुवा समूह सक्रिय भएको बताइएको छ । प्रहरीका अनुसार यस्तो समूहले दैनिकजसो ठाउँ परिवर्तन गर्दै जुवा खेलाउने गर्छ । ‘पार्टी गर्ने भनेर होटल बुक गर्छन् अनि जुवा खेलाउँछन् । होटल सञ्चालकले पनि पत्तो पाउँदैन,’ एक प्रहरी अधिकृतले भने । उनीहरूले यसका लागि राजधानीका मध्यमस्तरमा होटल रोज्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...