भरपर्दो,सुरक्षित र लेडिजमैत्री होस्टेल सबैतिर जान पायक पर्ने यस्तो स्थानमा खुल्यो,एकै शुल्कमा यस्ता छन् दर्जनौ सुबिधा



राजधानी काठमाडौ लगायतका सहरहरुको बसोबास ज्यादै महंगो भएको छ । आफै कोठा लिएर वा फ्ल्याट लिएर जीवन धान्ने गरी बसोबास गर्नै कठिन छ । सुविधासम्पन्न बसोबास त कल्पना भन्दा बाहिरको कुरा बनेको छ । यस्तो अवस्थामा सहरहरुमा होस्टेलहरुको चार्मिङ्ग बढ्दो छ । सिमित शुल्कमा एउटै छानामा सुरक्षित तथा सुविधा सम्पन्न बसोबास, गुणस्तरीय खानपान तथा जीवन मार्गर्दशनसँगै स्वस्थ जीवनको सारथी बनेपछि होस्टेल रोज्नेहरुको संख्या बढ्दो छ । पठनपाठ होस् या आफ्ना सफल योजना पुरा गर्नका लागिपनि काठमाडौमै घर भएकाहरु समेत केही समय होस्टेलमा बस्ने ट्रेण्ड विकास भइरहेको छ । यसैको मध्यनजर गर्दै काठमाडौको नयाँ बानेश्वर (मीनभवन) आलोकनगर गेटबाट केही घरभित्र (शानितनगर गेटको अपोजिट) एउटा सुविधा सम्पन्न, शान्त तथा पारिवारीक वातावरण भएको अत्यन्तै उत्कृष्ट लागेको एक लेडिज होस्टललाई आजको व्यवसाय परिचय शीर्षकमा प्रस्तुत गर्दै छौ ।

नाम आरोही लग्जरी होस्टेल प्रा.लि. लेडिज ब्लक
सम्पर्क मोबाईल ९८४८४९६५४० कबिता भण्डारी, ९८५१०९७६९४ इन्द्र आचार्य भाईबर लगायतका सामाजिक एपबाट फ्रि–कल एसएमएसपनि गर्न सक्नुहुन्छ ।
फोन ०१ – ४६२०५८०

साधारण एउटा कोठाभाडा नै ८ हजार रुपैया भन्दा माथी पुगिरहेका बेला त्यही शुल्कमा खाना, बसोबास, जीवन दर्शन कक्ष, स्वास्थ्य सारथी, आवश्यक सबै सुविधा दिने गरी यो होस्टेल सुरु भएको छ । साधारण खर्चमा आवश्यक जीवनयापन हुने भएकाले अहिले सबैले होस्टेल रोज्न थालेका छन् । त्यही कारण राजधानी काठमाडौमा होस्टेल ब्यवसाय बढ्दो छ । सयौँको संख्यामा रहेका होस्टेलहरुमा केही यस्तापनि छन् । जसले होस्टेलबाट ब्यवसाय मात्र हैन । राज्यको जिम्मेवार नागरिक भएको नाताले सेवापनि दिइरहेका छन् । त्यसैले उही शुल्कमा भरपुर सेवा सुविधा दिने नेपालको भर्खरै खुलेको यो आरोही लग्जरी होस्टेलका बारेमा आज जानकारी दिइरहेका छौ ।

आरोही लग्जरी होस्टेल प्रा.लि. ले भर्खरै मात्र आरोही लग्जरी ग्रल्र्स होस्टेल सुरु गरेको हो । काठमाडौको नयाँ बानेश्वर मीनभवन स्थित सिभिल अस्पताल नजिक रहेको आलोकनगर गेटबाट केहीघर भित्र रहेको यो होस्टेलमा अरु बहुसंख्यक होस्टेलहरुले लिइरहेको शुल्क लिएर उत्कृष्ट सुविधा दिन सक्नेगरी सुरु भएको छ । होस्टेल सञ्चालक कविता भण्डारीका अनुसार यो नेपालका लागि निक्कै लाभदायी होस्टेलको परिकल्पनामा सुरु भएको होस्टेल हो । अरुकै जति शुल्कमापनि धेरै सुविधा दिन सकिन्छ भन्ने सुरुवात गर्न खोजेका हौँ सञ्चालक भण्डारीले जानकारी दिनुभयो ।

के–के छन् सुविधा ?
चारैतिर खुल्ला भू–भाग रहेको साँढे चार तले घरमा यो होस्टेल सुरु भएको छ । अधिकांश कोठामा उदाउदा र अस्ताउदा घाम छिर्नेगरी व्यवस्थापन गरिएको छ । यहाँको विशेषता भनेको नै अधिकांश कोठामा घाम लाग्नु हो । गर्मीको मौषममा वरिपरि रुखबिरुवा रहेकाले पंखा नचलाई प्राकृतिक हावाको शितलता कोठाबाटै लिन सकिन्छ । २४ सै घण्टा सोलार प्यानलबाट तातो–चीसो पानीको ब्यवस्था गरिएको छ । घाम नलागेको दिनका लागि ग्यास गिजरबाट वैकल्पिक तातो पानीको व्यवस्था गरिएको छ । बैकल्पिक उर्जाका कारण कुनै समयपनि (विजुली) विद्युत उर्जाको अभाव हुनेछैन । उच्चगतिको इन्टरनेट सुविधा सबै कोठामा जडान गरिएको छ । सञ्चालकको परिवार र होस्टेल सदस्यहरुले एकै भान्सामा खाना खाने भएकाले यहाँ पूर्ण पारिवारीक वातावरण छ । मुख्य बाटोहरुभन्दा केही मिटरमात्र भित्र रहेकाले शान्त बाताबरण तथा एक मिनेटकै पैदलमा सवारी साधनको सुविधा लिन सकिन्छ । मुख्य सडक नजिक छ । यहाँको अर्को मुख्य विशेषता भनेको गुणस्तरीय खाना तथा विशेष नसिङ्ग सेवा हो । होस्टेल परिवार सदस्यलाई केही अस्वस्थता भए तत्कालनै आधारभुत उपचार तथा सही अस्पातल र चिकित्सकसम्म लैजानका लागि सहयोग हुनेछ । साथै सबै धर्म, संस्कृती र जाति अनुसारका चाडपर्वहरु मनाईदिने । वर्थडे, म्यारिज एनिभर्सरी देखि पेसा, ब्यवसाय तथा शिक्षा सफलतापछिको खुशीलाई मनाउनका लागिपनि होस्टेलले वाताबरण बनाईदिने गरेको सञ्चालक भण्डारीले जानकारी दिनुभयो । यो ब्यवसायी तथा पेसाकर्मी (जागिरे) महिला देखि विद्यालय, क्याम्पस, इनिष्टच्युटका विशेष कक्षा, लोकसेवा लगायत विभिन्न प्रतियोगितात्मक तयारी गरिरहेका अध्ययनशील लेडिज बस्न मिल्नेगरी त्यही अनुसारको बातावरण तथा व्यवस्थापन गरिएको छ ।

शुल्क कति ?
यहाँ ८ प्रकारका सुत्ने कोठाहरु छन् । यसका अलवा कार्यालय, बैठक कक्ष, एरोविक डान्स तथा जिम हल, विशेष कक्षा हल रहेका छन् । पूर्ण खुल्ला रहेको घमाईलो छत छ । यी सबै तल उल्लेख गरिएकै शुल्कमा प्रयोग गर्न पाईनेछ ।

१, एटेज बाथरुम वीथ बाथटप सहितको एउटा मात्र बेड भएको कोठाको शुल्क रु १७५००
२, नन एटेज बाथरुम एउटा मात्र बेड भएको कोठामा रु १४०००
३, एटेज बाथरुम वीथ बाथटप सहितको दुई वटा मात्र बेड भएको कोठामा रु १२५००
४, नन एटेज बाथरुम दुई वटा मात्र बेड भएको कोठामा रु १००००
५, एटेज बाथरुम भएको तीन वटा मात्र बेड भएको कोठामा रु १००००
६, नन एटेज बाथरुम तीन वटा मात्र बेड भएको कोठामा रु ९०००
७, एटेज बाथरुम भएको चारवटा मात्र बेड भएको कोठामा रु ९०००
८, नन एटेज बाथरुम चारवटा मात्र बेड भएको कोठामा रु ८०००

माथी उल्लेख गरिएकै शुल्कमा बिहान, दिउँसो, बेलुकाको खान–खाजा जम्मा ४ पटक दिईनेछ । ननभेजलाई हप्तामा दुई पटक मासु, भेजका लागि विशेष तरकारीको व्यवस्था साथै बहुसंख्यक छनोट अनुसार हरेक दिन तरकारीको स्वाद परिवर्तन गरिनेछ । शान्त, पारिवारीक वाताबरण, तातो चीसो पानी, फ्री वाईफाई, पुस्तकालय, जिम तथा एरोविक डान्स हल, स्पेशल नर्सिङ्ग केयर, आत्माविश्वास तथा व्यक्तित्व विकासका विशेष कक्षाहरु, बर्थ डे, चाडपर्व सेलिब्रेसन, पारिवारीक भ्रमण तथा सहभागितामुलक कार्यमा सामेल हुने सुविधा छ ।
इच्छुकले अहिले नै सम्पर्क गर्नुहोस् । अरु कोही आफ्न्त, साथीभाई, इष्टमित्र वा चिनेजानेकालाई आवश्यक भए यो लिंक सेयर तथा ट्याग गरिदिनुहोला । -जनबोली मिडिया सार्वजानिक सरोकार विभाग

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका