आफगानिस्तानी कारबाहीमा दसजना तालिबान मारिए



हाम्रो इकोनोमि

आफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा भएको सुरक्षाकारबाहीमा दस जना तालिबान आतङ्ककारी मारिएका छन् ।

पूर्वी प्रान्त नान्गाहारको खोगीआनी जिल्लामा आतङ्ककारीको आखाडालाई लक्ष्य गरेर गरिएको कारबाहीका क्रममा कम्तीमा दशजना तालिबान लडाकू मारिएका प्रान्तीय सरकारद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गत २४ घण्टाभित्र जारी कारबाहीका क्रममा ती लडाकू मारिएका बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।

सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा मङ्गलबार बिहानबाट बुधबार बिहानसम्म हवाई कारबाहीसमेत गरिएको जनाइएको समाचारमा उल्लेख छ ।

यसै महिनाको सुरुबाट नान्र्गाहार प्रान्तको खोगीआनी जिल्लामा आतङ्ककारी विरुद्धको सुरक्षा कारबाही हालसम्म पनि जारी रहेका बताइएको छ ।

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको सिरिन तगाब जिल्लामा सुरक्षाबलले गरेको हवाई कारबाहीमा कम्तीमा छ आतङ्ककारी मारिएका छन् ।

सुरक्षाबलले तालिवान आतङ्ककारी समूहले लुकेर बसेका आखाडालक्षित हवाई कारबाही गरेको थियो । यस सुरक्षा कारबाहीको सैनिक प्रवक्ता नसरातुल्लाह जमसिदीले बुधबार जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...