ओली र प्रचण्ड बीचको गोप्य सहमतिले आकार लिए पछी दुबैजना अध्यक्ष बन्ने यसरी भयो यस्तो सहमति



दुबै जना पार्टी अध्यक्ष नै रहने गरी पार्टी एकता गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमतिमा पुगेको दावी स्रोतहरुले गरेका छन्। एकतापछि दुबै पार्टीको मुख्य नेतृत्वको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा एकता संयोजन समितिको बैठक समेत बस्न सकेको थिएन।

तर आइतबार साँझ ओली र प्रचण्डबीच ओली निवास बालकोटमा भएको ‘वन टु वन’ वार्ताका क्रममा दुबै पार्टी अध्यक्षले मंगलबार (२५ पुष) का लागि एकता संयोजन समितिको बैठकमात्र बोलाएका छैनन्, दुबै पार्टीले त्यसअघि हाइकमाण्डको बैठक बस्ने निर्णयपनि गरे। यसै अनुरुप आज एमाले स्थायी समितिको बैठक बस्दैछ।

ओली–प्रचण्डबीचको बैठकपछि प्रचण्ड निकटस्थहरुबीच एकताको महाधिवेशन अघिसम्म ओली र प्रचण्ड दुबैजना अध्यक्ष नै रहने गरी पार्टी एकता गर्न सहमति जुटेको चर्चा चल्न थालेको छ। यो चर्चा अनुसार सरकारको सम्पूर्ण जिम्मा लिने गरी ओली पार्टी अध्यक्ष हुनेछन् भने पार्टीको जिम्मा लिनेगरी प्रचण्डले पनि अध्यक्षकै जिम्मेवारी पाउनेछन्।

प्रधानमन्त्री र अध्यक्ष जस्ता दुबै कार्यकारी अधिकारयुक्त जिम्मेवारी ओलीलाई दिइँदा माओवादी केन्द्रका नेता–कार्यकर्ताले एकता सम्मानजनक भएको महसुस नगर्ने र ओलीलाई प्रधानमन्त्री बनाइएपनि पार्टीमा चाहिँ प्रचण्डको मातहत रहने कुरालाई ओली समर्थकहरुले नरुचाएपछि ओली र प्रचण्डले यो विकल्प रोजेको स्रोतको दावी छ।

एकिकृत पार्टीको अध्यक्ष को बन्ने भन्ने विषय निकै गम्भीर बन्दै गएपछि एमाले–माओवादी केन्द्रको एउटा पंक्तिले एकता महाधिवेशन अघि दुबैजना सहअध्यक्ष रहने गरी एकता गर्ने विकल्प अघि सारेको थियो। तर, यो विकल्पलाई ओली र प्रचण्ड दुबैले रुचाएनन्। उनीहरुले यस विकल्पबारे कहीँकतै चर्चा नै गरेनन्।

स्रोतका भनाईमा, यसका दुई कारण थिए। एक, प्रधानमन्त्री र लामो समय अध्यक्ष भइसकेका दुई प्रमुख प्रभावशाली नेताहरु घटुवा हुन नचाहनु। किनभने, ओली अध्यक्ष भएको तीन बर्षमात्र भएपनि उनी सर्वशक्तिशाली स्थानमा छन्। उता, १३ वर्ष महामन्त्री र १६ वर्ष अध्यक्षको कार्यकाल बिताएका प्रचण्डपनि पार्टी र राष्ट्रिय राजनीतिमा उत्तिकै प्रभाव राख्छन्।

‘दुबै जना सहअध्यक्ष हुने हो भने बरु दुबैजना अध्यक्ष रहने गरी पार्टी एकता गर्ने निर्णयमा पुगेजस्तो देखिन्छ’ प्रचण्ड निवास निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्री भइसकेका नेताहरु सहअध्यक्ष बन्दा अन्तर्राष्ट्रिय रुपमा पनि त्यति राम्रो सन्देश नजाने भयो। त्यसैले, दुबैजना अध्यक्ष रहने गरी एकताको निर्णयमा पुगेजस्तो देखिएको छ।’

ओली प्रधानमन्त्री समेत बन्ने भएकाले सरकारको काम कार्वाहीको जिम्मेवारी उनैको काँधमा हुनेछ। जहाँसम्म पार्टीको जिम्मेवारीको कुरा हो, प्रचण्डसँग चाहिँ पार्टीको तर्फबाट हुने पत्राचार, पार्टीका बैठकहरुको अध्यक्षता लगायतका दायित्व हुनेगरी सहमति जुटेको चर्चा माओवादी केन्द्र पंक्तिभित्र चल्न थालेको छ।

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न