सिंहदरबारभित्र मध्यराति चोरी,क्यान्टिन बाट ४२ हजार चोरियो



हाम्रो इकोनोमि

हेमराज निरौला

देशको प्रमुख प्रशासकिय केन्द्र सिंहदरबारभित्र तीन हप्ताबीचमा दोस्रोपटक चोरी भएको छ। सिंहदरबारभित्र रहेको क्यान्टिनमा आइतबार राती चोरी भएको छ।

ललितपुरका बिश्वराज सिलवालले सिंहदरबार पुर्ननिर्माण कार्यालयमा संचालन गरेको क्यान्टिनबाट ४२ हजार रुपैयाँ नगद र विभिन्न सामानहरु चोरी भएको हो। घटनाको अनुसन्धानका लागि क्यान्टिन संचालकले महानगरीय प्रहरी वृत्त अनामनगरमा जाहेरी दिएका छन्।

व्यापारको पैसा उक्त क्यान्टिनमा राखेकोमा झ्यालबाट छिरेर चोरले लगेको सिलवालले बताए। सिंहदरबारभित्रकै कर्मचारीको चोरीमा संलग्ना रहेको उनको आशंका छ। अनामनगर वृत्तले घटनाको अनुसन्धान सुरु गरकेो छ।

गत पुस १ गते सिंहदरबारको स्थानीय विकास मन्त्रालय परिसरबाट गाडिका चार वटा टायर चोरी भएको थियो। सरकारी गाडि चालक चन्द्र बहादुर मोक्तानले नै टायर चोरेको खुलेको थियो। मोक्तान हालसम्म फरार छन्।

कडा सुरक्षा रहने भनिएको सिंहदरबारभित्रै बारम्बारका चोरी घटनाले त्यहाको सुरक्षा अवस्था उदांगो भएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...