राजाको आदेशपछि ११ जना राजकुमार पक्राउ



हाम्रो इकोनोमि

साउदी अरबको प्रहरीले साउदी राजा सलमान विन अब्दुल्लाजिज अल साउदको सत्ता विरोधी गतिविधिमा सम्लग्न भएको आरोपमा ११ जना राजकूमारलाई पक्राउ गरेको स्थानीय शब्क अनलाइन समाचार संस्थाले शनिबार जनाएको छ ।

दरबारमा रहेर दरबार विरोधी गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताएको छ ।

साउदी राजा सलमानले सरकारलाई राजकूमारहरूको विजुली र पानीको विल नतिर्न दिएको निर्देशनको विरोधमा उत्रिएका सवै राजकूमारलाई पक्राउ गरेको समाचारमा बताइएको छ ।

राजकूमारहरूले पहिलेदेखि दिइदै आएको सेवा काट्ने दरबारको निर्णय र गत बर्ष हत्या अभियोगमा मृत्यु दण्ड दिइएका राजकूमारको परिवारलाई क्षतिपूर्तिको माग गर्दै आएका थिए ।

उनीहरूको सुनुवाई विचाराधीन अवस्थामा राखी तत्काल जेलमा पठाइएको छ ।

साउदी सरकारले देशले गर्न चाहेको सुधार कार्यक्रम अन्तर्गत यहाँका राजकूमारहरूलाई पक्राउ गरेको तथा गत बर्ष केही उच्च पदस्थ अधिकारीलाई यहाँको इतिहासमा नै ठूलो भ्रष्टाचार मुद्दामा कारबाही गरी सरकारको नजरमा सबै नागरिक बराबर रहेको प्रष्ट गर्न चाहेको छ ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...