राजाको आदेशपछि ११ जना राजकुमार पक्राउ



हाम्रो इकोनोमि

साउदी अरबको प्रहरीले साउदी राजा सलमान विन अब्दुल्लाजिज अल साउदको सत्ता विरोधी गतिविधिमा सम्लग्न भएको आरोपमा ११ जना राजकूमारलाई पक्राउ गरेको स्थानीय शब्क अनलाइन समाचार संस्थाले शनिबार जनाएको छ ।

दरबारमा रहेर दरबार विरोधी गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताएको छ ।

साउदी राजा सलमानले सरकारलाई राजकूमारहरूको विजुली र पानीको विल नतिर्न दिएको निर्देशनको विरोधमा उत्रिएका सवै राजकूमारलाई पक्राउ गरेको समाचारमा बताइएको छ ।

राजकूमारहरूले पहिलेदेखि दिइदै आएको सेवा काट्ने दरबारको निर्णय र गत बर्ष हत्या अभियोगमा मृत्यु दण्ड दिइएका राजकूमारको परिवारलाई क्षतिपूर्तिको माग गर्दै आएका थिए ।

उनीहरूको सुनुवाई विचाराधीन अवस्थामा राखी तत्काल जेलमा पठाइएको छ ।

साउदी सरकारले देशले गर्न चाहेको सुधार कार्यक्रम अन्तर्गत यहाँका राजकूमारहरूलाई पक्राउ गरेको तथा गत बर्ष केही उच्च पदस्थ अधिकारीलाई यहाँको इतिहासमा नै ठूलो भ्रष्टाचार मुद्दामा कारबाही गरी सरकारको नजरमा सबै नागरिक बराबर रहेको प्रष्ट गर्न चाहेको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...