चिसोबाट दुई जनाको मृत्यु



हाम्रो इकोनोमि

विगत चार/पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको शनिबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।

ठाकुरको गाईगोठमा बसिरहेको अवस्थामा जाडोको कारण मृत्यु भएको हो भने चौधरीको आफ्नै घरमा सुतिरहेको स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरीमा चिसोका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ ।

मुसहर समुदायका बालबालिका र वृद्धवृद्धा प्रभावित

यसैगरी केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–२ स्थित मुसहर समुदायको जनजीवन कष्टकर बनेको छ ।

हनुमाननगर कंकालनी नगरपालिका क्षेत्रका मुसहर बस्तीमा जाडोबाट बच्नको लागि कम्बलसमेत नहुँदा जनजीवन निकै कष्टकर बनेको स्थानीय श्रवण सदाले गुनासो गर्नुभयो । त्यहाँ रहेका करिब ५०/६० घर परिवारका दलित बस्तीका बालबालबालिका र वृद्धवृद्धा चिसोबाट बढी प्रभावित भएको उहाँले बताउनुभयो ।

चिसो हावासँगै बढेको अत्यधिक जाडोका कारण काम गर्न समेत जान नसकेकाले आफ्नो दिनचर्या बिताउन पनि समस्या हुने गरेको हनुमाननगर कंकालनी नगरपालिका–२ का नरेश सदाले आफनो दुखेसो पोख्नुभयो ।

जाडोबाट बच्नका लागि तत्काल न्यानो कपडा कतैबाट सहयोग नपाएकाले अहिले उनीहरुको जनजीवन कष्टकर बनेको बताइएको छ । त्यस्तै हनुमानगर कंकालनी नगरपालिका–५ मा रहेको मुसहर दलित समुदायका बासिन्दासमेत चिसोका कारण प्रभावित भएको स्थानीय मनोज मेहताले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...