ओली र प्रचण्डले यसरी गरे भलाकुसारी,भोलि पार्टी एकता संयोजन समिति बैठक



हाम्रो इकोनोमि

नेकपा माओबादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले शनिबार अपरान्हसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता गर्ने सम्बन्धी प्रारम्भिक छलफल हुने र आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताएका छन्।

उनले भने, ‘संभवत आज नै दुवै पार्टीका अध्यक्षज्यूहरुबीच पार्टी एकताबारे छलफल हुनेछ र भोलि पार्टी एकता संयोजन समितिमा थप छलफलहरु गछौं।’ पार्टी एकताका लागि दुवै दलभित्र दुइवटा बुँदामाथि छलफल भइरहेको श्रेष्ठले बताए।

अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी एकताकै विषयमा गृहकार्य गरिरहेको भन्दै श्रेष्ठले पार्टीको वैचारिक लाइन के हुने र नेतृत्व निर्माण, संगठानात्मक संरचनाको एकीकरणको आधार के हुने? भन्ने बुँदामा छलफलपछि पार्टी एकता प्रक्रिया अघि बढाउने जानकारी दिएका छन्।
कानून अड्चन र नेपाली कांग्रेसका कारण सरकार गठनमा ढिलाइ भएको बताउँदै श्रेष्ठले भने, ‘सरकार बनाउने प्रक्रिया अघि बढ्छ, कुनै कठिनाइ छैन। पार्टी एकता अघि बढाउन भने केही गृहकार्य गर्नु जरुरी छ।’ अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण पार्टी एकता बैठक केही ढिला भएको श्रेष्ठ तर्क गर्छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...