ओली र प्रचण्डले यसरी गरे भलाकुसारी,भोलि पार्टी एकता संयोजन समिति बैठक



हाम्रो इकोनोमि

नेकपा माओबादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले शनिबार अपरान्हसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता गर्ने सम्बन्धी प्रारम्भिक छलफल हुने र आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताएका छन्।

उनले भने, ‘संभवत आज नै दुवै पार्टीका अध्यक्षज्यूहरुबीच पार्टी एकताबारे छलफल हुनेछ र भोलि पार्टी एकता संयोजन समितिमा थप छलफलहरु गछौं।’ पार्टी एकताका लागि दुवै दलभित्र दुइवटा बुँदामाथि छलफल भइरहेको श्रेष्ठले बताए।

अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी एकताकै विषयमा गृहकार्य गरिरहेको भन्दै श्रेष्ठले पार्टीको वैचारिक लाइन के हुने र नेतृत्व निर्माण, संगठानात्मक संरचनाको एकीकरणको आधार के हुने? भन्ने बुँदामा छलफलपछि पार्टी एकता प्रक्रिया अघि बढाउने जानकारी दिएका छन्।
कानून अड्चन र नेपाली कांग्रेसका कारण सरकार गठनमा ढिलाइ भएको बताउँदै श्रेष्ठले भने, ‘सरकार बनाउने प्रक्रिया अघि बढ्छ, कुनै कठिनाइ छैन। पार्टी एकता अघि बढाउन भने केही गृहकार्य गर्नु जरुरी छ।’ अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण पार्टी एकता बैठक केही ढिला भएको श्रेष्ठ तर्क गर्छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...