रेल दुर्घटनामा २० को मृत्यु, २६० घाइते



हाम्रो इकोनोमि

दक्षिण अफ्रिकामा बिहीबार भएको रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ ।

यस घटनामा घाइते हुने व्यक्तिको सङ्ख्या २६० पुगेको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

रेलको तीन वटा डिब्बा नै जलेको कारण मृतकको सङ्ख्या बढेको बताइएको छ । अझै पनि खोजी र उद्धारकार्य जारी रहेको राज्य स्वास्थ्य विभागका प्रवक्ताले टाइस् लाइन समाचार साइडलाई उद्धृतगर्दै बताउनु भएको छ ।

दू्रतगतिमा रहेको रेल एक मालवाहक ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । जोहानेस्बर्गबाट करिब २०० किलोमिटर दक्षिणपश्चिममा अवस्थित क्रुनस्टाडनजिकै सो दुर्घटना भएको थियो ।

बन्दरगाह सहर एलिजाबेथबाट जोहानेस्बर्गतर्फ गइरहेको सो रेलमा ट्रक ठोक्किदा आगलागी भएको थियो । केही डिब्बा भने रेल मार्गबाट नै छुट्टिएको थिए ।

यस घटनामा घाइते भएका कैयौँ यात्रुको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने समेत प्रहरीले अनुमान गरेको छ ।

अफ्रिकामा नयाँ बर्षको अवसरमा आफ्ना घर तथा विदा मनाउन विभिन्न गन्तव्यमा गएका नागरिक काममा फर्किने क्रम जारी रहेका कारण यतिबेला सवैतिर यातायातका साधनमा भीडभाड हुने गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...