एमालेले पेले पछी देउवा राष्ट्रपतिको शरणमा शितलनिवाश पुग्दै,के-के हुदैछ कुरा?



हाम्रो इकोनोमि

सुमन सुबेदी

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज अपरान्ह भेटवार्ता हुने भएको छ। भेटवार्ताका लागि प्रधानमन्त्री देउवा अपरान्ह ३ बजे राष्ट्रपति कार्यालय शीतल निवास जाँदैछन्।

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोबिन्द परियारका अनुसार राष्ट्रिय सभा निर्वाचनका सम्बन्धमा छलफलका लागि प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न जान लागेका हुन्।

‘प्रधानमन्त्री चाँडो सत्ता हस्तान्तरण गर्न तयार हुनुहुन्छ, उहाँको चाहना छिटो राष्ट्रिय सभाको निर्वाचनपछि सत्ता हस्तान्तरण गर्न पाइयोस् भन्ने छ’ परियारले भने, ‘निर्वाचन चाँडो गर्ने भन्नेबारेमा राष्ट्रपति–प्रधानमन्त्रीबीच छलफल हुनेछ।’

‘यदि आयोगले सक्छ भने एक हप्ताभित्रै पनि निर्वाचनका लागि प्रधानमन्त्री तयार हुनुुहुन्छ’ उनले थपे, ‘राष्ट्रिय सभा निर्वाचनकै सन्दर्भमा उहाँले राष्ट्रपतिज्यूलाई जानकारी गराउनु हुनेछ।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...