एमालेले पेले पछी देउवा राष्ट्रपतिको शरणमा शितलनिवाश पुग्दै,के-के हुदैछ कुरा?



हाम्रो इकोनोमि

सुमन सुबेदी

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज अपरान्ह भेटवार्ता हुने भएको छ। भेटवार्ताका लागि प्रधानमन्त्री देउवा अपरान्ह ३ बजे राष्ट्रपति कार्यालय शीतल निवास जाँदैछन्।

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोबिन्द परियारका अनुसार राष्ट्रिय सभा निर्वाचनका सम्बन्धमा छलफलका लागि प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न जान लागेका हुन्।

‘प्रधानमन्त्री चाँडो सत्ता हस्तान्तरण गर्न तयार हुनुहुन्छ, उहाँको चाहना छिटो राष्ट्रिय सभाको निर्वाचनपछि सत्ता हस्तान्तरण गर्न पाइयोस् भन्ने छ’ परियारले भने, ‘निर्वाचन चाँडो गर्ने भन्नेबारेमा राष्ट्रपति–प्रधानमन्त्रीबीच छलफल हुनेछ।’

‘यदि आयोगले सक्छ भने एक हप्ताभित्रै पनि निर्वाचनका लागि प्रधानमन्त्री तयार हुनुुहुन्छ’ उनले थपे, ‘राष्ट्रिय सभा निर्वाचनकै सन्दर्भमा उहाँले राष्ट्रपतिज्यूलाई जानकारी गराउनु हुनेछ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...