सुन्तला खेतीबाट आत्मनिर्भर बन्दै किसान



हाम्रो इकोनोमि

पाणिनी गाउँपालिकाको पणेना सिम्ले गाउँका बासिन्दा सुन्तला खेतीबाट आत्मनिर्भर बन्दै गएको छ ।

सिम्लेमा अहिले झण्डै ७० कृषक व्यावसायिक सुन्तला खेतीमा लागेका छन् भने पणेनामा २०० घरधुरी अहिले सुन्तला खेतीबाट रु ५० हजारदेखि रु १२ लाखसम्म आम्दानी गरिरहेका छन् ।

यहाँका युवा वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । भारतीय सेनाको जागिर छाडेर फर्किएका पणेनाका ७३ वर्षीय हुमनाथ पौडेल अहिले अर्घाखाँचीकै सफल कृषक बन्नु भएको छ ।

“सुन्तला खेतीबाट वार्षिक रु ६ लाखभन्दा बढी आम्दानी हुने गरेको छ,” उहाँले भन्नुभयो । पौडेलको बगैँचामा अहिले ६०० भन्दा बढी सुन्तलाका रुख रहेका छन् । उहाँले बारी, खेत, खर्कमा सुन्तला खेती गर्नुभएको छ ।

पणेना र पोखराथोकमा सुन्तला खेती फष्टाउँदै गएको छ । व्यावसायिक सुन्तला खेतीमा लागेका सिम्लेका रेवतीराज पौडेलको बगैँचामा झण्डै ४५० सुन्तलाका रूख रहेका छन् । उहाँले वार्षिक रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्नुहुन्छ ।

“सुन्तला बिक्रीका लागि कुनै समस्या छैन,” उहाँले भन्नुभयो । यहाँ उत्पादन भएको सुन्तला प्रतिकिलो रु ७५ देखि रु ९० सम्ममा बिक्री भइरहेको छ । यस वर्ष रु चार लाख आम्दानी हुने उहाँको विश्वास छ ।

सुन्तला बिक्रीबाट मात्र हैन यहाँका किसानले सुन्तलाको नर्सरी राखी बिरुवा बेचेर मनग्य आम्दानी गर्दैआएका छन् । यहाँका किसानले सुन्तला, कागती, जुनारलगायत बिरुबा बिक्री गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...