तेह्र किलो गाँजासहित एक महिला पक्राउ



हाम्रो इकोनोमि

भक्तपुर चाँगुनारायण नगरपालिका–६, पीपलबोटबाट १३ किलो ५०० ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले अवैध गाँजासहित पूर्णिमाया तामाङलाई उनकै घरबाट बिहिवार पक्राउ गरेको हो ।

तामाङले आफ्नै घरकोठामा गाँजा सञ्चित गरी बिक्री वितरण गर्दै आइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापामार्दा अवैध गाँजासहित उनलाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

तामाङलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी लागुऔषध ओसारपसार ऐनअन्तर्गत म्याद थप गरेर अनुसन्धान भइरहेको प्रनाउ प्रसाईंले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
चार पाङ्ग्रे साना सवारीलाई नागढुङ्गा सुरुङमार्ग खुला

    नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि...

बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

    किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल...

बागमतीमा राप्रपा सांसदलाई दुई थरी निर्देशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप...

२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...