डिभिजन–२ क्रिकेटको लागि २१ खेलाडी घोषणा, बिनोद र सागर टिममा परेनन्



नेपालले आगामी फेब्रुअरीमा आयोजना हुने आर्इसीसी डिभिजन–२ क्रिकेटको लागि प्रारम्भिक चरणमा २१ खेलाडी छनोट गरेको छ । नामिबियामा हुने डिभिजन–२ का लागि खेलाडी छनोट समितिले पहिलो चरणमा बिहीबार २१ खेलाडी छनोट गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले पहिलो चरणमा २१ खेलाडी छनोट गरेको हो । छनोट समितिले निकालेको २१ सदस्यीय सूचीमा नियमित रहेका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।

नेपाली टोलीका विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी र ब्याट्सम्यान सागर पुन पहिलो चरणमै अटाएका छैनन् । पहिलो समय खराब लयबाट गुज्रिरहेका कारण भण्डारी र सागर टोलीमा पर्न असफल भएका हुन् । यस्तै, मेहबुब आलम पनि पहिलो चरणमा स्थान बनाउन असफल भएका छन् । प्रारम्भिक चरणमा रोहित कुमार पौडेलले स्थान बनाएका छन् । अन्य सदस्यहरु भने पुरानै अनुहार रहेका छन् ।

नेपालले आगामी फेब्रुवरी ६ देखि १६ सम्म हुने नामिबियामा डिभिजन–२ क्रिकेट खेल्दैछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको शिर्ष चारमा नपुगेपछि नेपाल डिभिजन–२ मा घटुवा भएको थियो । डिभिजन–२ मा नेपालसहित क्यानाडा, ओमान, नामिबिया, युएई र केन्याले प्रतिस्पर्धा गर्नेछन् ।

डिभिजन–२ को शीर्ष दुई स्थानमा रहने टोलीले २०१८ मार्चमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् भने पाँचौँ र छैटौँ स्थानमा रहने दुई टोली भने डिभिजन थ्री मा घटुवा हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस
६५ लाखसहित सरकारले गर्‍यो पलेशालाई सम्मान

     प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक

दशरथ रंगशालाले देशकै बेइज्जत भयो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाले देशकै बेइज्जत गरेको बताएका छन्

प्रधानमन्त्रीबाट महिला भलिबल टीमलाई पुरस्कार वितरण

    प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा

नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

    घरेलु टोली नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ। आइतबार भएको