नेपाल रेडक्रसलाई चीन रेडक्रसको रु १३ करोड सहयोग



नेपाल रेडक्रस सोसाइटीलाई रेडक्रस सोसाइटी चीनले केन्द्रीय गोदामघर निर्माण गर्न आर्थिक एवं प्राविधिक सहयोग गर्ने भएको छ ।

नेपाल रेडक्रस सोसाइटीले विपद्का समयमा उपयोग गर्न भक्तपुरमा सो गोदामघर निर्माण गर्दैछ । सो सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा र चीन रेडक्रस उपाध्यक्ष वाङ हाइजिङले आज यहाँ हस्ताक्षर गर्नुभयो । उपाध्यक्ष हाइजिङ सहितको उच्च प्रतिनिधि तीनदिने नेपाल भ्रमणमा हुनुहुन्छ ।

यसका लागि नेपाल रेडक्रस सोसाइटीलाई रेडक्रस सोसाइटी चीनले रु १३ करोड आर्थिकसहित अन्य सहयोग प्रदान गर्नेछ । आगामी दुई वर्षभित्र गोदामघरको निर्माण सम्पन्न हुने सोसाइटीका मानवीय तथा सञ्चार विभागका प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

सोसाइटीका अध्यक्ष सञ्जीव थापाले विस २०७२ को भूकम्पपछि ठूलो क्षमताको गोदामघरको आवश्यकता खट्किएको चर्चा गर्दै गोदामघर निर्माणमा चीन रेडक्रसबाट प्राप्त सहयोगको लागि धन्यवाद दिनुभयो ।

चीन रेडक्रसका उपाध्यक्ष हाइजिङले नेपाल रेडक्रसलाई गोदाम घर निर्माणका साथै अन्य क्षेत्रमा पनि सहयोग जारी रहने बताउनुभयो ।

सोसाइटीका महामन्त्री धाख्वाले नेपाल रेडक्रसको सन् २०२० सम्मको विकास योजनाअनुसार गोदामघर निर्माण परियोजना प्रस्तुत गरिएको बताउनुभयो ।

उपाध्यक्ष हाइजिङ सहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज नै भक्तपुरस्थित गोदामघर निर्माणस्थलको अवलोकनसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश

     चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख

बालेन र रविदेखि आशिका तामाङसम्मको बचाउमा उत्रिए प्रचण्ड

    सत्ताबाट बाहिरिएपछि राज्यसत्तासँग असन्तुष्ट व्यक्ति र समूहसँग अघोषित सहकार्यमा उत्रिएका माओवादी

रविको थुनछेक बहस सकियो, आजै आदेश आउने

    चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक

पोखरा फाइनान्सका सीईओ रविचन्द्र गुरुङ पदमुक्त

  पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ