गर्लफ्रेण्डले दिएको गिफ्ट ४७ वर्षसम्म किन खोलेनन् एडिअनले ?



हाम्रो इकोनोमि

क्यानडाको टोरन्टोमा बस्ने एडिअन पिअर्स नामका व्यक्तिले आफ्नी भूपू गर्लफ्रेण्डले दिएको गिफ्टको प्याकेट ४७ वर्षसम्म पनि खोलेका छैनन् ।

उनी १७ वर्षको छँदा उनकी गर्लफ्रेण्ड विक्कीले उनीसँग ब्रेकअप गरेकी थिइन् । ब्रेकअपको बेला उनले एड्रिअनलाई एक उपहार दिएकी थिइन् । उक्त गिफ्टलाई एड्रिअनले अहिलेसम्म खोलेका छैनन् । विछोडका बेला दिएको उपहारलाई भारी मन बनाएर घरमा ल्याएको एड्रिअनले अहिलेसम्म उक्त गिफ्ट खोल्ने हिम्मत गरेका छैनन् ।

एड्रिअनले उक्त गिफ्टलाई घरमा रहेको क्रिसमस ट्रीको तल राखेका छन् र आफ्ना परिवारका सदस्यलाई पनि उक्त गिफ्ट नखोल्न जानकारी गराएका छन् । उनको आदेशको सिरोपर गर्दै अहिलेसम्म परिवारको कसैले पनि उक्त गिफ्टमा हात लगाएको छैन ।

ब्रेकअप पछि उनले एक्स गर्लफ्रेण्डलाई कहिल्यै पनि भेटेका छैनन् । एकदिन उनीसँग भेट हुने र सँगै उक्त गिफ्ट खोल्ने उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...