नयाँ वर्षको बिदामा थाइल्याण्डमा ३७५ जनाको मृत्यु



हाम्रो इकोनोमि

थाइल्याण्डमा नयाँ वर्षको अवसरमा दिइएको बिदाका बेलामा मात्रै भएका सवारी दुर्घटनामा परी कम्तीमा ३७५ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ३६ सय जना घाइते पनि भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

सडक दुर्घटना रोकथाम तथा नियन्त्रण केन्द्रले गत डिसेम्बर २८ तारिखदेखि जनवरी २ तारिखसम्म भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको जनाएको छ ।

यो अवधिमा देशभरका विभिन्न ठाँउमा तीन हजार ४४६ वटा सवारी दुर्घटना भएको केन्द्रका अधिकारीहरूले बताएका छन् ।

देशको उत्तरपूर्वी प्रान्त नाखोन राट्चासिमामा सवै भन्दा धेरै जनाको मृत्यु भएको छ । यो ६ दिनको अवधिमा त्यस क्षेत्रमा १५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...