ट्रक र यात्रुवाहक बस ठोक्किदा ४८ को मृत्यु



हाम्रो इकोनोमि

पेरुमा एक ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको छ ।

पेरुको राजधानी लिमाबाट १३० किलोमिटर उत्तरमा रहेको हुआचोबाट यात्रा सुरु गरेको सो बसमा चालक र सहयोगीसहित ५५ जना यात्रु सवार थिए ।

दुर्घटनापछि सो बस एक सय मिटर गहिराइमा झरेको बताइएको छ । गृह मन्त्रालयले आफ्नो वेबसाइटमार्फत यस घटनामा ४८ जनाको ज्यान गएको पुष्टि गरेको प्राप्त समाचारमा जनाइएको छ ।

पेरुका राष्ट्रपति पेड्रो पाब्लो कुन्स्किले यस घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

यस घटनाले आफूलाई अन्त्यतै दुःखी बनाएको पनि उहाँले बताउनु भएको छ । यस घटनाबाट सात जनालाई भने जिवीतै उद्धार गरिएको थियो । पेरुको नौसेनाले अन्य उद्धारकर्ताको सहयोगबाट उद्धारकार्य जारी राखेको बताएको छ ।

यस घटनामा घाइते भएका व्यक्तिहरुलाई पनि नजिकैको अस्पतालमा उपचारको लागि लगिएको बताएको छ । पेरुमा सन् २०१६ मा भएको सडक दुर्घटनामा दुई हजार ५०० व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

उद्वारकार्यलाई सशक्त बनाउन राष्ट्रपति पाब्लोले निर्देशन दिनुभएको छ । यसका लागि पेरुको नौसेना लागिपरेको छ ।

त्यस्तै यहाँको प्रहरीले पनि हेलिकोप्टरको माध्यमबाट उद्वारकार्य जारी राखेको जनाएको छ ।

निकै तीब्र गतिमा आएको बस ट्रकसँग ठोक्किएपछि सडक किनारबाट समुद्री तटमा खसेको थियो । दुर्घटनास्थल निकै अप्ठरो भएकोले उद्वारकार्य पनि गाह्रो भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...