मलेसिया पुगेका सिलवाललाई खोज्दै ललितपुर पुग्यो प्रहरी,सिलवाललाई पक्राउ गर्न घर पुगेको प्रहरी टोली रित्तै फर्कियो



हाम्रो इकोनोमि

सरकारी कागजपत्र कीर्ते मुद्दाको अनुसन्धानका लागि एमाले सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई पक्राउ गर्न गएको प्रहरी रित्तो हात फर्किएको छ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोली मंगलबार बेलुका ललितपुरको गोदावरीस्थित सिलवालको घरमा पुगेको थियो। तर, सिलवाल घरमा थिएनन्।

महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई पक्राउ गरी बुझाउन मंगलबार ललितपुर प्रहरीलाई पत्राचार गरेको थियो। पत्र प्राप्त गरेलगत्तै ललितपुर प्रहरीको टोली सिलवाल निवास पुगेको हो।

आइजिपी बढुवासम्बन्धी मुद्दामा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कागजपत्र नक्कली भएको सर्वोच्च अदालतले फैसला गरिसकेको छ। सोही फैसला कार्यान्वायनका लागि गत पुस ५ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो। सो मुद्दाको अनुसन्धानका लागि सिलवाललाई पक्राउ गरी बुझाउन काठमाडौं परिसरले ललितपुर परिसरलाई पत्राचार गरेको थियो।

परिसरको पत्रअनुसार नै प्रहरी सिलवाल निवासमा पुगेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी गणेश ऐरले बताए।

स्रोतका अनुसार केही दिनअघि नै उनले घर छाडिसकेका थिए। सिलवालले एक कार्यक्रममा भाग लिन मलेसिया गएको दाबी गरेका छन्। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन रेकर्डमा उनी विदेश गएको देखिन्न।

प्रतिक्रिया दिनुहोस
समाजवादी मोर्चाबाट विप्लव अलग

    नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग...

हयात होटलद्वारा सबै कर्मचारी बर्खास्त

  हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा...

असारसम्मलाई जग्गाको कित्ताकाट खुल्यो

  सरकारले  नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ। ...

मधेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

    मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध नेकपा (एमाले) बाहेकका ७४ जना सांसदले...