अफगानिस्तानमा सन् २०१७ मा ४ लाख ४५ हजार नागरिक विस्थापित



हाम्रो इकोनोमि

अफगानिस्तानमा जारी द्वन्द्वको कारण सन् २०१७ मा मात्र ४ लाख ४५ हजार भन्दाबढी सर्वसाधारण विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वयसम्बन्धी कार्यालयले बुधबार दिएको जानकारी अनुसार यस वर्ष ती नागरिक विस्थापित भएका छन् ।

अफगानिस्तानमा जारी द्वन्द्वमा जनवरी सन् २०१७ को १ देखि ३१ डिसेम्बर सम्ममा ४ लाख ४५ हजार ३३५ नागरिक विस्थापित भएका जारी विज्ञप्तिमा जनाइएको छ ।

पूर्वी अफगानिस्तानबाट आन्तरिक रुपमा विस्थापित हुने व्यक्तिहरुमा करिब १ लाख ४० हजार २०५ रहेका छन् भने त्यसमा १ लाख २३ हजार ५३८ जना नान्गाहार प्रान्तका मात्र रहेका जनाइएको छ ।

नान्गाहार प्रान्तको पनि खोग्यानी जिल्लाबाट ६४ हजार ५१३ सर्वसाधारण विस्थापित भएका पनि जारी सो विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानमा सन् २००१ बाट जारी द्वन्द्वको क्रममा भएको कमजोर सुरक्षा अवस्थाको कारण १० लाख भन्दा बढी सर्वसाधारण विस्थापित भईसकेका पनि राष्ट्रसंघले जानकारी दिएको छ ।

यी विस्थापितमध्ये के कति आन्तरिक रुपमा र कति बाह्य रुपमा विस्थापित भएका छन् भन्ने बारेमा भने केही बताइएको छैन ।

यी १० लाखमध्ये केही व्यक्ति विस्थापित भएर शरणार्थीका रुपमा विदेशिएको पनि तथ्यांक रहेको बताइएको छ । तर सो सङ्ख्या के कति हो भन्ने बारेमा यकिन भने भएको छैन ।

जारी द्वन्द्वसँग सम्बन्धित हत्या हिंसाहरुमा गत बर्षको सुुरुबाट नौ महिनाभित्र २ हजार ६४० व्यक्तिको मृत्यु हुनुको साथै ५ हजार ३७० व्यक्ति घाइते भएका अफगानिस्तानको लागि संयुक्त राष्ट्र संघीय मिसनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा

    अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री...