अफगानिस्तानमा सन् २०१७ मा ४ लाख ४५ हजार नागरिक विस्थापित



हाम्रो इकोनोमि

अफगानिस्तानमा जारी द्वन्द्वको कारण सन् २०१७ मा मात्र ४ लाख ४५ हजार भन्दाबढी सर्वसाधारण विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वयसम्बन्धी कार्यालयले बुधबार दिएको जानकारी अनुसार यस वर्ष ती नागरिक विस्थापित भएका छन् ।

अफगानिस्तानमा जारी द्वन्द्वमा जनवरी सन् २०१७ को १ देखि ३१ डिसेम्बर सम्ममा ४ लाख ४५ हजार ३३५ नागरिक विस्थापित भएका जारी विज्ञप्तिमा जनाइएको छ ।

पूर्वी अफगानिस्तानबाट आन्तरिक रुपमा विस्थापित हुने व्यक्तिहरुमा करिब १ लाख ४० हजार २०५ रहेका छन् भने त्यसमा १ लाख २३ हजार ५३८ जना नान्गाहार प्रान्तका मात्र रहेका जनाइएको छ ।

नान्गाहार प्रान्तको पनि खोग्यानी जिल्लाबाट ६४ हजार ५१३ सर्वसाधारण विस्थापित भएका पनि जारी सो विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानमा सन् २००१ बाट जारी द्वन्द्वको क्रममा भएको कमजोर सुरक्षा अवस्थाको कारण १० लाख भन्दा बढी सर्वसाधारण विस्थापित भईसकेका पनि राष्ट्रसंघले जानकारी दिएको छ ।

यी विस्थापितमध्ये के कति आन्तरिक रुपमा र कति बाह्य रुपमा विस्थापित भएका छन् भन्ने बारेमा भने केही बताइएको छैन ।

यी १० लाखमध्ये केही व्यक्ति विस्थापित भएर शरणार्थीका रुपमा विदेशिएको पनि तथ्यांक रहेको बताइएको छ । तर सो सङ्ख्या के कति हो भन्ने बारेमा यकिन भने भएको छैन ।

जारी द्वन्द्वसँग सम्बन्धित हत्या हिंसाहरुमा गत बर्षको सुुरुबाट नौ महिनाभित्र २ हजार ६४० व्यक्तिको मृत्यु हुनुको साथै ५ हजार ३७० व्यक्ति घाइते भएका अफगानिस्तानको लागि संयुक्त राष्ट्र संघीय मिसनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...