गहुँमा फौजी कीरोको प्रकोपल किसान चिन्तिते



हाम्रो इकोनोमि

गहुँ बालीमा फौजी कीराले नोक्सान गर्न थालेपछि बर्दघाट सुस्ता पश्चिमका किसान चिन्तित बनेका छन् ।

गत वर्ष जस्तै गहुँ बालीमा यस वर्ष पनि फौजी कीराको प्रकोप देखिएको छ । प्रकोपका कारण गहुँ उत्पादनमा ह्रास आउने देखिएको छ । गहुँ उत्पादनका लागि उर्वर मानिएको नवलपरासीमा यस वर्ष फौजी कीराको प्रकोप रामग्राम नगरपालिकाको पश्चिम क्षेत्रमा देखिएको छ ।

आर्मी वर्म नामक फौजी कीरा विशेषगरी रातिमा सक्रिय हुन्छ । किसानले दिउँसोको समयमा विभिन्न कीटनाशक औषधि प्रयोग गर्ने गरेका छन् । फौजी कीराले गहुँको पात काटेपछि गहुँको बोट खैरो हुँदै सुक्ने गरेको रामग्राम नगरपालिका–१६ का राजेन्द्र खवासले बाउनुभयाभयो ।

एक बिगाहा क्षेत्रफलमा गहुँ खेती गर्नुभएका रामग्राम नगरपालिका पजरकट्टीका दीपेन्द्र पाण्डे फौजी कीराको प्रकोप देखिएको बताउनुहुन्छ । गहुँ बढ्ने समयमा किराले पात काट्न थालेको उहाँले बताउनुभयो । गत वर्ष समेत फौजी कीराकै कारण गहुँ उत्पादनमा कमी आएको थियो ।

अधिकांश कृषकले औषधि छर्न थालेका छन् । सो कीरा नियन्त्रणका लागि साइपरमेथ्रिन र क्लोरोपाइरोफस विषादी प्रतिलिटर पानीमा १।५ देखि दुई मिलिलिटरसम्म मिसाएर छर्दा कीरा नियन्त्रण गर्न सकिने जिल्ला कृषि विकास कार्यालयका बाली प्राविधिक योगेन्द्र यादवले बताउनुुभयो । गत वर्ष कार्यालयले उक्त औषधि निःशुल्क रुपमा वितरण गरेको थियो । तर चालु आवमा सम्पूर्ण बजेट र कृषिका कार्यक्रम स्थानीय तहमा गएकाले कृषकलाई औषधि वितरण गर्न नसकिएको यादव बताउनुहुन्छ ।

साइपरमेथ्रिन र क्लोरोपाइरोफस विषादी तथा लारा, कमाण्डो, राहिनो ५०५ औषधि प्रयोग गरे कीरा नियन्त्रण गर्न सकिन्छ । औषधि साँझको समयमा छर्न कार्यालयले सुझाव दिएको छ । गत वर्ष नवलपरासीमा करिब ३५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको बताइएको छ । जिल्लामा १८ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...