ज्योति लाइफले ६६ करोडको आइपीओ जारी गर्ने



हाम्रो इकोनोमि

ज्योति लाइफ इन्स्योरेन्सले आगामी माघ १० गते पहिलो बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको पोखरामा हुने साधारण सभाको विशेष प्रस्तावमा आइपिओ निष्कासन गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीले ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने प्रस्ताव साधारण सभा बाट पारित गर्देछ ।

संस्थापकबाट ७० प्रतिशत हुने रकम १ अर्ब ५४ करोड रुपैयाँ पूँजी कायम गरेको कम्पनीको आइपीओ निष्कासन पश्चात बीमा समितिले तोके बमोजिम दुई अर्ब चुक्ता पूँजी पुग्नेछ ।

४२ जना प्रबद्र्धक रहेको उक्त कम्पनीको अधिकृत पूँजी ३ अर्ब रहेको छ । त्यस्तै जारी पूँजी २ अर्ब २० करोड रहेको छ ।

इन्स्योरेन्सको १० वटा शाखा सञ्चालनमा रहेका छन् । एनआईसी एसिया बैंक समेत प्रवद्र्धक रहेको कम्पनीको रजिस्टर्ड कार्यालय पोखरा, कास्की र प्रधान कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर, काठमाडौंमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...