नयाँ दिल्लीमा बाक्लियो हुस्सु, हवाई र रेलसेवा अवरुद्ध



हाम्रो इकोनोमि

नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण सोमबार यहाँको हवाई र रेलसेवा अवरुद्ध भएको समाचारमा जनाइएको छ ।

भारतीय राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा आइतबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ्दै गएपछि विमान र रेलसेवा अवरुद्ध हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

गत हप्तादेखि नै नयाँ दिल्लीमा हुस्सु लागेको थियो । हुस्सुको मात्रा आइतबार बिहानदेखि झन बढेको समाचारमा जनाइएको छ ।

नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान भर्नुपर्ने १२ वटा उडान अवरुद्ध भएका छन् । इन्दिरा गान्धी विमानस्थलमा अवतरण हुनुपर्ने र र उड्नुपर्ने विमानहरु उड्न नसकेको बताइएको छ ।

सोमबार बिहान उक्त विमानस्थलकमा पाँच वटा आन्तरिक र सात वटा अन्तर्राष्ट्रिय उडानहरु अवरुद्ध भएको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।

बाक्लो हुस्सुको कारण रेलसेवा पनि अवरुद्ध भएको छ । बाटो नदेखिनेगरी लागेको हुस्सुले गर्दा नयाँ दिल्लीको रेलसेवा पनि अवरुद्ध भएको छ ।

नयाँ दिल्ली रेलवे स्टेसन र पुरानो दिल्ली रेलवे स्टेसनका करिब ९० वटा रेलसेवा सोमबार बिहानमा मात्र अवरुद्ध भएको बताइएको छ ।

भारतको राजधानी नयाँ दिल्लीभरका करिब ५६ वटा रेल सेवालाई ढिला गरिएको, २० वटाको समय परिवर्तन गरिएको र १५ वटा रेलसेवा रद्द नै गरिएको उत्तरी रेलसेवाका अधिकारीले जनाएका छन् ।

नयाँ दिल्लीका कैयौँ स्थानमा वायु प्रदुषणको मात्रा बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । यहाँको तापक्रम र हुस्सुको मात्रा दुवै घट्ने मौसम विज्ञान विभागले जनाएको छ ।

उत्तरी भारतमा जाडो याममा, डिसेम्बर र जनवरीमा हुस्सु लाग्ने क्रम निरन्तरजस्तो हुदै आएको छ । पछिल्ला वर्षहरुमा यहाँ बढ्दो प्रदुषणका कारण हुस्सु लाग्ने गरेको बताइन्छ ।

यस्तो समयमा सडक दुर्घटनाको सम्भावना हुने भएकोले रेलसेवा लगायतका सवारी सञ्चालन जोखिमपूर्ण हुने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...