निर्वाचन आयोगले पेल्न खोजेको भन्दै बाम गठबन्धनका नेता आयोग घेर्न जाने,बम गठबन्धनका नेताको यस्तो छ तयारी



हाम्रो इकोनोमि

राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभातर्फको समानुपातिक सांसद सिफारिस गर्न तथा नयाँ सरकार गठन गर्न नमिल्ने तर्क गर्दै आएको निर्वाचन आयोगलाई वाम गठबन्धनले ध्यानाकर्षण गराउने भएको छ।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई भेटेर वाम गठबन्धनले ध्यानाकर्षण गराउन लागेको एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए। आज दिउँसो ३ बजे निर्वाचन आयोग पुगेर एमाले र माओवादी केन्द्रसहित उच्चस्तरीय संयुक्त प्रतिनिधि मण्डलले निर्वाचन सम्बन्धी विषयमा छलफल गर्दैछ।

आयोगले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोकिए पनि सम्पन्न गर्न एक महिनाको समय लाग्ने भन्दै आएको छ। राष्ट्रियसभा निर्वाचनको परिणाम सार्वजनिक नभएसम्म समानुपातिक सूची सार्वजनिक गर्न संविधानले बाधा गर्ने दाबी आयोगको छ। तर एमाले भने बहुमत प्राप्त दलले तत्काल सरकार बनाउन पाउनुपर्ने मागमा छ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले पनि सरकार छोड्नका लागि संसद पूर्ण हुनुपर्ने भन्दै आएको छ।
संविधानमा प्रतिनिधिसभा र राष्ट्रियसभालाई संघीय संसद भनिएको छ। संविधाने उक्त व्यवस्था पालना हुनुपर्ने सरकारको जिकिर छ। लामो समय राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपति कार्यालय रोकिँदा सरकारले निर्वाचनको मिति तोक्न सकेको थिएन। अध्यादेश जारी भए पनि सरकार मिति तोक्ने आन्तरिक तयारीमा मात्र जुटेको छ। आयोगले भने राष्ट्रियसभाको निर्वाचन गर्न दल दर्ता आह्वान भने गरिसकेको छ।

सरकारले निर्वाचनको मिति तोकेपछि आयोगले एक महिनाको अवधि लिँदै प्रत्येक प्रदेशमा अलगअलग राष्ट्रियसभा निर्वाचन गर्ने तयारी गरेको छ। संविधानले निर्वाचनको मिति तोक्ने अधिकार सरकारलाई दिएको छ। सरकारले आयोगको परामर्शमा मिति तोक्न भएकाले तत्काल तोक्न आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसअघि नै आग्रह गरिसकेका छन्। सरकार यतिबेला प्रदेश प्रमुख, प्रदेशको राजधानी र निर्वाचन मिति एकैपटक तोक्ने आन्तरिक तयारीमा जुटेको छ।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...