चीनको प्रगतिले विश्वका जनता लाभान्वित हुने आशा



हाम्रो इकोनोमि

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विश्वमा नयाँ युद्धको खतरा बढेको बताउनुभएको छ ।

नेपाल प्राध्यापक समाजले यहाँ आयोजना गरेको ‘समाजवादी आन्दोलनको विगत र वर्तमान’ विषयको प्रवचन कार्यक्रममा उहाँले संयुक्त राष्ट्र संघले प्रजग कोरियामाथि झन् कडा नाकाबन्दी लगाएकामा विरोध गर्दै तेल ढुवानीसमेत प्रतिबन्ध लगाउनाले युद्धको खतरा बढेको बताउनुभयो ।

रुसी कम्युनिष्ट नेता स्टालिन र चिनियाँ कम्युनिष्ट क्रान्तिका नेता माओत्सेतुङको जन्म दिवस र क्युबाली स्वतन्त्रता दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा बिजुक्छेले इजरायलको राजधानी जेरुसेलम बनाउन विशेषाधिकार प्रयोग गरेका कारण भीडन्त अझ चर्किने बताउनुभयो ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं नवनिर्वाचित सांसद प्रेम सुवालले नेकपा ( एमाले) नेपाली काँग्रेसकै बाटामा हिँडेकाले क्रान्तिकारी हुन नसक्ने बताउनुभयो ।

नेपाल क्रान्तिकारी सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष एवं प्रदेशसभाका नवनिर्वाचित सांसद सुरेन्द्रराज गोसार्इंले माओको क्रान्तिको जगमा टेकेको चीनको प्रगतिले विश्वका जनता लाभान्वित हुने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा समाजका अध्यक्ष सरोजराज गोसार्इं र उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ तथा सदस्य चक्रबहादुर चाकतु र सुजन माकले समाजवादी क्रान्तिको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...