प्रधानमन्त्री बन्ने निश्चित भए संगै ओलीलाई सुरक्षा बढाइयो,ओलीको सुरक्षामा को खटिए



हाम्रो इकोनोमि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा बढाइएको छ। प्रहरी प्रधान कार्यालयले उनको सुरक्षाका लागि बुधबारदेखि डिएसपी खटाएको छ।

यसअघि ओलीको सुरक्षामा नेपाल प्रहरीबाट इन्सपेक्टर तथा सशस्त्र प्रहरीबाट सईको कमाण्डमा प्रहरी खटिदै आएका थिए। बुधबारदेखि डिएसपी सानुराम भट्टराईलाई ओलीको सुरक्षार्थ थप गरिएको छ।

देशको सबैभन्दा ठुलो पार्टीको अध्यक्ष र भावी प्रधानमन्त्रीका रुपमा ओलीको सुरक्षादस्ता बढाइएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए। ‘सुरक्षा थ्रेटकै बिश्लेषण गरी डिएसपीलाई खटाएका हौं’ सुरक्षा सेवा निर्देशनालयका एक अधिकारीले भने,‘नयाँ परिस्थितीअनुसार अन्य नेताहरुको पनि सुरक्षा जोखिम बिश्लेषण भइरहेको छ।’

बहालवाला प्रधानमन्त्रीलाई पनि डिएसपीकै कमाण्डमा प्रहरी खटाइने गरिएको छ। पछुवा गाडि बाहेक ओलीलाई पनि प्रधानमन्त्रीकै सरह सुरक्षा खटाइएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...