पर्यटन क्षेत्रसँग मिलेर काम गर्दै उपभोक्ता समूह



हाम्रो इकोनोमि

पर्यटन व्यवसाय फष्टाउँदै गएपछि झापाको अर्जुनधारा नगरपालिकामा रहेका सामुदायिक वन उपभोक्ता समूहले सो क्षेत्रसँग मिलेर काम गर्न थालेका छन् ।

नगरपालिकामा रहेका जुकेखाडी, हचुमासा र हलुवागढ सामुदायिक वन उपभोक्ता समूहले पर्यटन क्षेत्रसँग जोडिएर काम गर्न थालेका हुन् । चालु आवमा जुकेखाडीले रु १२ लाखदेखि रु १५ लाख र हलुवागढले रु ७० लाख बराबरको काम गरेको छ ।

हचुमासाले गत आवमा ३० हेक्टर जग्गामा रु १० लाख बराबरको काम सम्पन्न गरेको समितिका अध्यक्ष रामबहादुर निरौलाले बताउनुभयो । काम गर्न १७ सदस्यीय पर्यटन सम्भाव्यता समिति गठन गरिएको छ । “हामीले सामुदायिक वनलाई पर्यटनसँग जोडेर काम गर्न थालेका छौँ,” उहाँले भन्नुभयो ।

जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिव्यप्रसाद कट्टेल वनलाई वैकल्पिक स्रोतको रुपमा लिई काम गर्न थालेको बताउनुहुन्छ । सो क्षेत्रमा पोखरी निर्माणको लागि जिल्ला भूसंरक्षण कार्यालयसँग सम्झौता भइसकेको उहाँले बताउनुभयो । वनभोजस्थल निर्माण, धारा जडान, विद्युत् विस्तार तथा वन क्षेत्रमा रहेको रुखबिरुवामा रंगरोगन लगाउने काम भइरहेको छ ।

हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चक्रप्रसाद तामाङले वन पैदावर बिक्रीसँगै पर्यटन क्षेत्र पनि आम्दानीको राम्रो स्रोत हुने हुँदा समूहले पर्यटन क्षेत्र निर्माणको योजना ल्याएको बताउनुभयो । गत भदौबाट वनको छ हेक्टरमा डुंगा शयरका लागि पोखरी, वनभोजस्थल, भ्यूटावर, बाल उद्यान, वन्यजन्तु आरक्षण केन्द्र, विभिन्न बहुउपयोगी प्रजातिका बिरुवाको संरक्षण गर्नेलगायत काम भइरहेको छ ।

“करिब ४० लाख खर्च भइसकेको छ,” उहाँले भन्नुभयो । वैशाखसम्म काम सम्पन्न हुनेछ ।

सामुदायिक वन उपभोक्ता समूहले आन्तरिक स्रोत परिचालन गरी पर्यटन क्षेत्रसँग जोडिएर शुरु गरेको काम नमूना काम भएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताउनुभयो ।

अर्जुनधारा नगरपालिका–९ सालबाडीमा रहेको नमूना सामुदायिक वन उपभोक्ता समूहको २२.४ हेक्टर जग्गामा २०७० सालदेखि सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालको प्रवद्र्धनमा सुखानी शहीद स्मृति उद्यान सञ्चालनमा छ । विसं २०२९ फागुन २१ गते शहादत प्राप्त गर्नुभएका शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको स्मारक तथा शहीद स्मृति उद्यान निर्माणका लागि सो जग्गा प्रतिष्ठानलाई प्राप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...