पर्यटन क्षेत्रसँग मिलेर काम गर्दै उपभोक्ता समूह



हाम्रो इकोनोमि

पर्यटन व्यवसाय फष्टाउँदै गएपछि झापाको अर्जुनधारा नगरपालिकामा रहेका सामुदायिक वन उपभोक्ता समूहले सो क्षेत्रसँग मिलेर काम गर्न थालेका छन् ।

नगरपालिकामा रहेका जुकेखाडी, हचुमासा र हलुवागढ सामुदायिक वन उपभोक्ता समूहले पर्यटन क्षेत्रसँग जोडिएर काम गर्न थालेका हुन् । चालु आवमा जुकेखाडीले रु १२ लाखदेखि रु १५ लाख र हलुवागढले रु ७० लाख बराबरको काम गरेको छ ।

हचुमासाले गत आवमा ३० हेक्टर जग्गामा रु १० लाख बराबरको काम सम्पन्न गरेको समितिका अध्यक्ष रामबहादुर निरौलाले बताउनुभयो । काम गर्न १७ सदस्यीय पर्यटन सम्भाव्यता समिति गठन गरिएको छ । “हामीले सामुदायिक वनलाई पर्यटनसँग जोडेर काम गर्न थालेका छौँ,” उहाँले भन्नुभयो ।

जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिव्यप्रसाद कट्टेल वनलाई वैकल्पिक स्रोतको रुपमा लिई काम गर्न थालेको बताउनुहुन्छ । सो क्षेत्रमा पोखरी निर्माणको लागि जिल्ला भूसंरक्षण कार्यालयसँग सम्झौता भइसकेको उहाँले बताउनुभयो । वनभोजस्थल निर्माण, धारा जडान, विद्युत् विस्तार तथा वन क्षेत्रमा रहेको रुखबिरुवामा रंगरोगन लगाउने काम भइरहेको छ ।

हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चक्रप्रसाद तामाङले वन पैदावर बिक्रीसँगै पर्यटन क्षेत्र पनि आम्दानीको राम्रो स्रोत हुने हुँदा समूहले पर्यटन क्षेत्र निर्माणको योजना ल्याएको बताउनुभयो । गत भदौबाट वनको छ हेक्टरमा डुंगा शयरका लागि पोखरी, वनभोजस्थल, भ्यूटावर, बाल उद्यान, वन्यजन्तु आरक्षण केन्द्र, विभिन्न बहुउपयोगी प्रजातिका बिरुवाको संरक्षण गर्नेलगायत काम भइरहेको छ ।

“करिब ४० लाख खर्च भइसकेको छ,” उहाँले भन्नुभयो । वैशाखसम्म काम सम्पन्न हुनेछ ।

सामुदायिक वन उपभोक्ता समूहले आन्तरिक स्रोत परिचालन गरी पर्यटन क्षेत्रसँग जोडिएर शुरु गरेको काम नमूना काम भएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताउनुभयो ।

अर्जुनधारा नगरपालिका–९ सालबाडीमा रहेको नमूना सामुदायिक वन उपभोक्ता समूहको २२.४ हेक्टर जग्गामा २०७० सालदेखि सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालको प्रवद्र्धनमा सुखानी शहीद स्मृति उद्यान सञ्चालनमा छ । विसं २०२९ फागुन २१ गते शहादत प्राप्त गर्नुभएका शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको स्मारक तथा शहीद स्मृति उद्यान निर्माणका लागि सो जग्गा प्रतिष्ठानलाई प्राप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...