मुम्बइमा आगलागीबाट चौधको मृत्यु



भारतीय सहर मुम्बइको कमला मिल्स्मा शुक्रबार बिहानैदेखि भएको लागलागीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १४ पुगेको किङ्ग इड्वार्ड मेमोरिएल (केइएम) अस्पतालले शुक्रबार जानकारी दिएको छ ।

यस आगलागीमा परी अन्य १२ व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । उनीहरुको सोही अस्पतालामा उपचार भइरहेको सोही अस्पतालका मेडिकल अधिकारी अभिनास सुपेले जानकारी दिनुभएको छ ।

यस आगलागीमा १४ जनाको मृत्यु भएको र १२ जना घाइते भई उक्त अस्पतालमा उपचाररत रहेको सुपेले बताएको मुम्बईबाट प्राप्त समाचारमा जनाइएको छ ।

आगालगी नियन्त्रणमा लिन दुर्घटनास्थलमा छ वटा दमकल पुगेका र आगो पूर्ण रुपमा निभाउन नसकिएको बिहान जनाइएको थियो । तर मध्यान्ह्सम्ममा आगो नियन्त्रणमा लिइएको बताइएको छ ।

आगलागीको कारण पत्ता लागेको छैन । प्रहरीले सो कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको जनाइएको छ । आगलागीमा परी ज्यान गुमाएका व्यक्ति को हुन् भन्ने बारेमा पनि खुलाइएको छैन ।

आगलागीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जलि प्रकटगर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परिवारका सदस्यजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

यस दुःखको घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् र यस घटनाबाट घाइते भएका व्यक्तिहरुको छिटै स्वास्थ्य लाभ होस– प्रधानमन्त्री मोदीले आफ्नो ट्वीट अकाउन्टमा लेख्नुभएको भएको छ ।

प्रतिक्रिया दिनुहोस
पोर्चुगलमा नेपालीसहित ४५ सयलाई देश छाड्न पत्र

    युरोपेली राष्ट्र पोर्चुगलले आप्रवासन सम्बन्धी नीति परिवर्तन गरेपछि प्रत्यक्ष रूपमा नेपालीहरू

भारत–पाकिस्तान दुवै देशका दूतावास अगाडि प्रदर्शन

  भारत र पाकिस्तानबीच चलिरहेको तनाव रोक्न माग गर्दै नेपालस्थित दुवै देशका दूतावास

पाकिस्तानी हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारेको दिल्लीको दाबी

    भारतको रक्षा मन्त्रालयले अपरेसन सिन्दूर अन्तर्गत भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा

भारतले गरेको सैन्य हमलामा १४ पाकिस्तानी मारिए

    भारतले पाकिस्तानमाथि गरेको सैन्य हमलाका क्रममा त्यहाँको उग्रवादी समूह जैस ए