मुम्बइमा आगलागीबाट चौधको मृत्यु



हाम्रो इकोनोमि

भारतीय सहर मुम्बइको कमला मिल्स्मा शुक्रबार बिहानैदेखि भएको लागलागीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १४ पुगेको किङ्ग इड्वार्ड मेमोरिएल (केइएम) अस्पतालले शुक्रबार जानकारी दिएको छ ।

यस आगलागीमा परी अन्य १२ व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । उनीहरुको सोही अस्पतालामा उपचार भइरहेको सोही अस्पतालका मेडिकल अधिकारी अभिनास सुपेले जानकारी दिनुभएको छ ।

यस आगलागीमा १४ जनाको मृत्यु भएको र १२ जना घाइते भई उक्त अस्पतालमा उपचाररत रहेको सुपेले बताएको मुम्बईबाट प्राप्त समाचारमा जनाइएको छ ।

आगालगी नियन्त्रणमा लिन दुर्घटनास्थलमा छ वटा दमकल पुगेका र आगो पूर्ण रुपमा निभाउन नसकिएको बिहान जनाइएको थियो । तर मध्यान्ह्सम्ममा आगो नियन्त्रणमा लिइएको बताइएको छ ।

आगलागीको कारण पत्ता लागेको छैन । प्रहरीले सो कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको जनाइएको छ । आगलागीमा परी ज्यान गुमाएका व्यक्ति को हुन् भन्ने बारेमा पनि खुलाइएको छैन ।

आगलागीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जलि प्रकटगर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परिवारका सदस्यजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

यस दुःखको घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् र यस घटनाबाट घाइते भएका व्यक्तिहरुको छिटै स्वास्थ्य लाभ होस– प्रधानमन्त्री मोदीले आफ्नो ट्वीट अकाउन्टमा लेख्नुभएको भएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...