सोलारबाट बिजुली, स्थानीयवासी हर्षित



मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेखोलामा सोलारबाट बिजुली उत्पादन शुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

यससँगै सुगम जिल्ला मोरङको अति नै दुर्गम र विकट क्षेत्रका रुपमा चिनिने रमितेखोलाका बासिन्दाको उज्यालोका लागि टुकी र मैनबत्ती बाल्नुपर्ने बाध्यता हटेको छ । पहिलो पटक २४ घण्टा नै बिजुली उपभोग गर्न पाउँदा स्थानीयवासी दंग परेका छन् । स्थानीयवासीले सोलार मिनीग्रिड निर्माण उपभोक्ता समिति गठन गरेर सोलारबाट बिजुली उत्पादन गर्न थालेका हुन् ।

समितिका अध्यक्ष पर्वत राईका अनुसार सोलारबाट ३० किलोवाट बिजुली उत्पादन गरेर उपभोक्तालाई वितरण गरिएको छ । राईका अनुसार रु एक करोड ६० लाखको लागतमा सोलारबाट बिजुली उत्पादन भएको हो ।

विद्युत् उत्पादनका लागि एशियाली विकास बैंक (एडिबी)को ९० प्रतिशत, उपभोक्ता, वडा कार्यालय र जिल्ला समन्वय समितिको १० प्रतिशत लगानी लागेको उहाँको भनाइ छ ।

बिजुलीबाट ६५ परिवार लाभान्वित भएका छन् । त्यसबाहेक विद्यालय, वडा कार्यालय, तीनवटा सहकारी, स्वास्थ्य चौकी समेतमा विद्युत् सेवा पु¥याइएको छ । राईका अनुसार सोलार प्यानलबाट ब्याट्रीमा पुगेको पावरलाई इन्भर्टरले एसी (अल्टरनेटिभ करेन्ट) बनाएर प्रवाह गर्छ ।

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न