समानुपातिकतर्फ प्रदेशसभा सदस्यको टुंगो लगाउँदै काँग्रेस



हाम्रो इकोनोमि

नेपाली काँग्रेसले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउन अन्तिम गृहकार्यमा जुटेको जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउने पार्टी कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत पार्टीका वरिष्ठ केन्द्रीय सदस्य उपस्थित हुनुहुन्छ । काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति २९ सदस्यीय छ ।

निर्वाचन आयोगले निर्धारण गरेको समयसीमाअनुसार दलले आज कार्यालय समयभित्र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ पाएको सिट संख्याअनुसार सदस्यको नामावली बुझाइ सक्नुपर्छ ।

बैठकमा दुई महिनादेखि राष्ट्रपति कार्यालयमा रोकिएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, हालै सम्पन्न निर्वाचनमा पार्टी पहिलो स्थानबाट दोस्रो स्थानमा झरेकोलगायत समसामयिक राजनीति विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनपछि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पहिलो पटक बसेको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...