भारतमा सडक दुर्घटनामा सातको मृत्यु



हाम्रो इकोनोमि

पश्चिमी भारतीय राज्य महाराष्ट्रमा बिहीबार बिहान भएको सडक दुर्घटनामा परी कम्तीमा सात जना व्यक्तिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सो राज्यको नासिक जिल्लाको सिम्ली गाउँमा मलेयाआन सताना सडकमा एक अटोरिक्सालाई ट्रकले ठक्कर दिएको थियो । उक्त रिक्सामा रहेका यात्रुको मृत्यु भएको बताइएको छ ।

अटोरिक्सामा रहेका सबैजना अर्थात चालकसहित सात व्यक्तिको मृत्यु भएको प्रहरी समाचारमा जनाइएको छ ।

ती यात्रुहरु सो अटोरिक्सामा उक्त दुर्घटनास्थलबाट करिब ५० किलोमिटर टाढा रहेको एक मेलामा जान लागेका थिए ।

प्रत्यक्षदर्शीहरुका अनुसार उच्च गतिमा रहेको ट्रकले क्षमता भन्दाबढी सङ्ख्यामा रहेको अटोरिक्सालाई ठक्कर दिएपछि चालकले नियन्त्रण गुमाएका थिए ।

भारतमा विश्वका अन्य देशहरुको तुलनामा सडक दुर्घटना बढी हुने गरेको पाइन्छ । सडक मर्मत सम्भारको कमी र चालकको लापरवाही लगायतका कारणले यहाँ बढी नै दुर्घटना हुने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...