भारतमा सडक दुर्घटनामा सातको मृत्यु



हाम्रो इकोनोमि

पश्चिमी भारतीय राज्य महाराष्ट्रमा बिहीबार बिहान भएको सडक दुर्घटनामा परी कम्तीमा सात जना व्यक्तिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सो राज्यको नासिक जिल्लाको सिम्ली गाउँमा मलेयाआन सताना सडकमा एक अटोरिक्सालाई ट्रकले ठक्कर दिएको थियो । उक्त रिक्सामा रहेका यात्रुको मृत्यु भएको बताइएको छ ।

अटोरिक्सामा रहेका सबैजना अर्थात चालकसहित सात व्यक्तिको मृत्यु भएको प्रहरी समाचारमा जनाइएको छ ।

ती यात्रुहरु सो अटोरिक्सामा उक्त दुर्घटनास्थलबाट करिब ५० किलोमिटर टाढा रहेको एक मेलामा जान लागेका थिए ।

प्रत्यक्षदर्शीहरुका अनुसार उच्च गतिमा रहेको ट्रकले क्षमता भन्दाबढी सङ्ख्यामा रहेको अटोरिक्सालाई ठक्कर दिएपछि चालकले नियन्त्रण गुमाएका थिए ।

भारतमा विश्वका अन्य देशहरुको तुलनामा सडक दुर्घटना बढी हुने गरेको पाइन्छ । सडक मर्मत सम्भारको कमी र चालकको लापरवाही लगायतका कारणले यहाँ बढी नै दुर्घटना हुने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...