रानीपोखरी मल्लकालीन शैली, स्वरुपमै निर्माण गरिने



हाम्रो इकोनोमि

विवादका रुपमा रहेको रानीपोखरी पुनः निर्माण अब प्रताप मल्लकालीन शैली, स्वरुपअनुसार नै निर्माण गरिने भएको छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनः निर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले मल्लकालीन स्वरुप र शैलीअनुरुप नै निर्माण गर्ने निणर्य गरेको हो ।

मंगलबार प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीबीच निर्माणको विषयलाई लिएर विवाद भएपछि आज बसेको बैठकले पोखरी पुनः निर्माणका लागि अध्ययन गरी १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

समितिको प्रतिवेदन पेश भई अर्को निर्णय नआउँदासम्मका लागि पुनःनिर्माणको काम नहुने पनि कामपाका प्रमुख शाक्यले राससलाई जानकारी दिनुभयो ।

इतिहासमा उल्लेख भएअनुसार प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन विसं १७२७ मा दुई वर्ष लगाएर बनाइएको सो पोखरी विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...