फोरमसँग चाँडो एकता हुने गरी छलफल भइरहेको छ : नेता महतो



राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालवीच चाँडो पार्टी एकता हुने गरी छलफल भइरहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले फोरमसँग तत्काल एकता प्रक्रिया शुरु गर्ने बताउनुभयो ।

“राजपा र फोरमबीच चाँडो एकता हुन्छ, अहिलेको जनमत पनि दुई पार्टी एकताका लागि नै हो,” नेता महतोले भन्नुभयो– “संविधान संशोधन र जनताको अधिकारलाई केन्द्रविन्दुमा राखेर हामी अघि बढेका छौं ।”

धनुषा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता महतोले राजपाको ध्यान सरकार निर्माणमा नभएको बताउँदै प्रदेश नं २ को सरकार पनि राजपा र फोरमबीचको गठबन्धनको हुने स्पष्ट पार्नुभयो ।

राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नहुने धारणासमेत उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
खानेपानी बोर्डले ऐन संशोधनका लागि अघि सारेको प्रस्तावलाई संसदबाट पास गराउँछु : मन्त्री यादव

     खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डले आवश्यक ऐन संशोधनका

प्रचण्ड, माधव र रविबीच भेटवार्ता

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव

एमालेले सरकारलाई बुझायो सुझावपत्र

    नेकपा एमालेका नेताहरुले सरकारलाई सुझावपत्र बुझाएका छन् । पार्टीका तर्फबाट महासचिव

उपेन्द्र यादवले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा