ओलीको लोकप्रियतामा बल्छी हानेर शिकार गर्न खोजेका प्रचण्डको खुराफातलाई ध्वस्त पारेर राजनेता बन्लान त ओली,पार्टी एकतामा एमाले र माओबादी भित्रै छन् यस्ता डरलाग्दा अल्झन



हाम्रो इकोनोमि

समानुपातिकतर्फको नतिजा सार्वजनिक नहुँदा गत मंसिर १० गतेदेखि सुरु भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम अझै सकिएको छैन । वाम गठबन्धनका नेताहरूले निर्वाचन आयोग र राष्ट्रपतिको ध्यानाकर्षण गरेलगत्तै कांग्रेस नेताहरूले आयोग पदाधिकारीलाई नतिजा रोक्न ‘दबाबु दिएपछि अहिले निर्वाचन आयोग नै नतिजा सार्वजनिक गर्ने विषयमा रनभुल्लमा परेको छ ।

राष्ट्रियसभा निर्वाचन नभई समानुपातिकको नतिजा सार्वजनिक गर्न नमिल्ने अडानमा सत्तासीन कांग्रेस छ भने राष्ट्रियसभा फरक सभा भएको भन्दै समानुपातिकको नतिजा सार्वजनिक गर्न वाम गठबन्धनले आयोगलाई दबाब दिईरहेको छ । यो विषयमा विवाद हुँदा काँग्रेसको ढल्नै लागेको सत्ता केही दिन अघि जाने देखिन्छ भने आउनै लागेको ओलीको सत्ता केही घर्किने देखिन्छ ।

त्यसो त ओलीले आफू भित्रको सबै समस्या समाधान गर्न पनि सकिरहेका छैनन् । पार्टी एकता देखि सरकारमा कोसँग साझेदारी गर्ने भन्ने विषयमा ओली अझै दुविधामा छन् । एकतर्फ चुनावमा माओवादीसँग काँधमा काँध मिलाएर जनताको मत माग्न गएका ओली अहिले माओवादीलाई छाडेर फोरमसँग मिलेर सरकार बनाउने पक्षमा लागेपनि जनताले के भन्लान् ? भन्ने पिरलो ओलीमा देखिन्छ । उता माओवादीसँग पार्टी एकीकरण गरेर माओवादीलाई नै साझेदार बनाएर सत्तामा जानु झनै ओलीको लागि अर्काे खतराको संकेत हुनसक्ने तर्फ ओलीलाई आफ्ना सहयोगीहरुले सुझाव दिएका छन् ।

निर्वाचनको समयमा माधव नेपाल पक्षलाई हदैसम्मको हेपेर उम्मेदवार चयन गरेका ओलीले अहिले माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्डको एउटै बोलीलाई अर्थपूर्ण रुपमा हेरेका छन् । उनले आफू सरकारमा गएर अध्यक्षको जिम्मेवारी प्रचण्डलाई दिने हो भने माधव नेपाल र प्रचण्ड मिलेर पार्टीमा आफूलाई अल्पमतमा पार्ने स्पष्ट दृष्य ओलीले देखिसकेका छन् । यस्तो अवस्थामा ओलीलाई प्रचण्डलाई सरकारमा ल्याउनु नै खतराको संकेत हो भन्ने उनीहरु आफैंले आकलन गरेका छन् ।

उता, प्रचण्डलाई पार्टीमा नल्याई फोरमसँग मिलेर सरकार बनाउनु पनि ओलीको लागि त्यत्तिकै खतराको विषय बनेको छ । एकातिर दोस्रो र तेस्रो दलको बलियो प्रतिपक्ष संसद्मा हुन्छ भने अर्काे तिर पार्टी एकताको पक्षमा देखिएका माधव नेपाल पक्षले पनि पार्टी भित्र गतिलै प्रतिपक्षको भूमिका खेल्ने देखिन्छ । यस्तो अवस्थामा फोरमसँग मिलेर सरकार बनाउँदा ओलीलाई दोहोरो प्रतिपक्षको सामना गर्नुपर्ने देखिन्छ ।

सरकार गठन अघि पार्टी एकताको माग माओवादीले नराखेको भए पहिलो २ वर्षको लागि उनी सरका गठन गर्ने र प्रचण्डलाई अध्यक्ष पनि नदिने पक्षमा थिए । त्यो जानेर नै माओवादीले बैठक नै गरी सरकार भन्दा पहिले पार्टी एकीकरणको प्रस्ताव ल्याएपछि अहिले माओवादी र एमालेबीच एकीकरणको विषयमा समेत शंका उपशंका सिर्जना हुन थालेको छ ।

त्यसो त एमाले भित्रै पनि पार्टी एकता नगर्ने हो भने ओलीलाई माधव नेपाल पक्षले चैनका साथ बस्न दिने देखिँदैन । जनताकहाँ जाँदा पार्टी एकता गरेर शक्तिशाली कम्युनिष्ट केन्द्र स्थापना गर्ने एजेण्डा बोकेर गएका यी दुई दललाई जनताले मत पनि दिएका छन् । तर, अहिले प्रधानमन्त्रीको लोभमा दुबै दल फुटे भने अहिलेसम्म जनताले एमाले अध्यक्ष ओलीलाई दिएको सम्मानमा पनि हदैसम्मको विचलन आउने देखिन्छ । साथमा समग्र एमाले पार्टी प्रति पनि मानिसको क्रेज स्वभाविक रुपमा घट्ने देखिन्छ ।

चुनाव अघि टिकट दिने बेलामा हेपिएको महसुश गरेका नेपाल पक्षले पनि ओलीको यो समस्यामा मल्हम भन्दा पनि नुनचुक नै छरिरहेका छन् । अझ भन्दा नेपाल पक्ष यसमा मौन छ र ओलीको कठिन परीक्षा लिईरहेको छ । यस्तो अवस्थामा ओलीले सफल राजनीतिज्ञको भूमिका कसरी निर्वाह गर्छन् त्यो भने हेर्न बाँकी नै छ । यस्तो चुनौतीलाई अवसरमा बदल्न सकेभने उनी आफू राजनेताको सूची दर्ज हुन सक्नेछन् । त्यो अवसर पनि ओली माथि छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...