पोखरा फाइनान्सको हकप्रद सेयर पुस ३० गतेदेखि खुल्ने



हाम्रो इकोनोमि

पोखरा फाइनान्स लिमिटेड ले १५ प्रतिशत हकप्रद शेयर पुस ३० गते देखि बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यका ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासन बन्द हुने मिति फागुन ६ गते रहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा पोखरा फाइनान्सका सम्पूर्ण शाखा कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकका विराटनगर, विरगंज, नेपालगंज, नारायणगढ, बुटवल र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले एफपीओ निष्काशन पश्चात चुक्ता पूँजी ६५ करोड ५७ लाख ८८ हजार कायम भएको छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी ७५ करोड ४१ लाख पुग्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कायम गर्न गत आर्थिक बर्षमा कमाएको ८ करोड ७७ लाख नाफाबाट ५ करोडको बोनस वितरण गर्नुपर्ने देखिन्छ ।

चालु आवको प्रथम त्रैमासमा फाइनान्स कम्पनीले एक करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...