एभरेष्ट प्रिमियर लिगःभैरहवाबाट चितवन पराजित



राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्सले चितवन टाइगर्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा भैरहवा चितवनलाई ४ विकेटले पराजित गर्दै विजयी भएको हो । सो जीतसँगै भैरहवा लिग चरणको एक खेलअगावै प्ले अफ चरणमा प्रवेश गरेको छ । सो हारसँगै चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले भैरहवालाई ८८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको भैरहवाले १८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।

भैरहवाका लागि पुनित मेहराले सर्वाधिक ३० रन जोडे भने रोहितकुमार पौडेल २०, भूपेन्द्र थापा १३, कृष्ण कार्की ९ तथा कप्तान शरद् भेषवाकरले ८ रन जोडे । चितवनका दीपेन्द्रसिंह ऐरी र शाहव आलमले २–२ विकेट लिए भने कमलसिंह ऐरी र प्रवीण गुप्ताले १–१ विकेट झारे ।

पहिले ब्याटिङ गरेको चितवनले भने निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको थियो जुन प्रतियोगिताको सबैभन्दा सानो स्कोर हो । कप्तान दीपेन्द्र र योगेन्द्रसिंह कार्कीले १५–१५ रन जोडे भने ललितसिंह भण्डारीले १३, आकाश थापा १०, प्रवीण ८ र दिलीप नाथले ४ रन जोडे ।

भैरहवाका लागि शरद एक्लैले ३ विकेट लिए भने भुवन कार्की र हरिशंकर शाहले २–२ विकेट लिए । त्यस्तै कृष्ण कार्की र पुनितले १–१ विकेट झारे ।

प्रतिक्रिया दिनुहोस
६५ लाखसहित सरकारले गर्‍यो पलेशालाई सम्मान

     प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक

दशरथ रंगशालाले देशकै बेइज्जत भयो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाले देशकै बेइज्जत गरेको बताएका छन्

प्रधानमन्त्रीबाट महिला भलिबल टीमलाई पुरस्कार वितरण

    प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा

नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

    घरेलु टोली नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ। आइतबार भएको