ईपीएल खेल : काठमाडौं बाहिरियो, विराटनगरको शतप्रतिशत जित



हाम्रो इकोनोमि

एभरेष्ट प्रिमियर लिगमा विराटनगरको अपराजित यात्रा कायमै राख्दै समूह बिजेता बनेको छ। जितसँगै विराटनगर क्वालिफायरमा पुगेको छ। क्वालिफायरमा जित निकाले विराटनगर फाइनलमा पुग्नेछ। पराजित भएमा पनि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

यता चार खेलमा पराजित भएको काठमाडौं भने बाहिरिएको छ। समूह चरणका सबै खेल सकिएपछि २ अंक जोडेर पाँचौ स्थानमै सिमित बनेपछि काठमाडौं बाहिरिएको हो।

सोमबारको पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौं किङसलाई ८ रनले हराउँदै सतप्रतिशत जित समूह बिजेता बनेको हो।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो।

विराटनगरका लागि विदेशी खेलाडी अंशुमान राथ र बाबर हायातले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए। अंशुमानले ३२ रन बनाउदा बाबर हायातले ६७ रनमा आउट भए। यस्तै कप्तान पारस खडकाले २६ रन थपेका थिए।

बलिङ काठमाडौंका सोमपाल कामी र अमरसिंह रौतेलाले दुई-दुई विकेट लिएका थिए।

१४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले पुरै २० ओभर खेलेर ९ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो।

उसका लागि फारवेज मुसरफले सर्वाधिक ४२ रन बनाए। नरेश बुढाऐर ३० तथा सागर पुन १३ रन बनाउनुबाहेक अरूले खुलेर खेल्न सकेनन्।

विराटनगरका लागि अंशुमान रथले ३ तथ बसन्त रेग्मीले २ विकेट लिए। पारस खड्का र करण केसीले १(१ विकेट हात पारे।

यो खेलसँगै विराटनगरको ५ खेलबाट १० अंकसहित शीर्ष स्थानमा कायमै छ भने पराजित काठमाडौं ५ खेलबाट २ अंक लिएको छ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...