विद्यालय सुधारका लागि २५ बुँदे घोषणापत्र



हाम्रो इकोनोमि

उत्तरी क्षेत्रको मस्र्याङ्दी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयको सुधारका लागि २५ बुँदे घोषणापत्र तयार पारिएको छ ।

गाउँपालिकाका पदाधिकारी र गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका प्रअ, व्यवस्थापन समितिका अध्यक्ष र शिक्षाविज्ञसहितको भेलाले कार्ययोजनासहितको घोषणापत्र तयार गरेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो ।

गुणस्तरीय, वैज्ञानिक र व्यावहारिक शिक्षाका लागि सम्पूर्ण सामाजिक अभियानकर्मी, जनप्रतिनिधि, शिक्षाप्रेमी, सरोकारयुक्त संघसंस्था र अभिभावकलाई योजनाबद्ध ढङ्गबाट अभियानमा लाग्न तथा सहयोग र समन्वय गर्न घोषणापत्रमा आग्रह गरिएको छ ।

घोषणापत्रमा गुणस्तरीय शिक्षाका लागि उचित वातावरण तयार गर्ने, शिक्षकलाई राजनीतिक दल वा त्यसका भ्रातृ संगठनमा आबद्ध भई राजनीतिमा क्रियाशील हुन नदिने, विद्यार्थीमा रहेका आन्तरिक क्षमतालाई प्रस्फुटन गर्न प्रतिस्पर्धात्मक प्रतियोगिता आयोजना गर्नेलगायत बुँदा छन् ।

यस्तै एक विद्यालय एक खेलकुद र कम्प्युटर शिक्षकलाई तालीमको व्यवस्था गरिने, विद्यार्थी, शिक्षक, समितिका पदाधिकारी÷सदस्यको क्षमता, लगनशीलता र शिक्षा क्षेत्रमा पु¥याएको योगदानको सम्मानार्थ मापदण्ड तयार गरी पुरस्कृत गरिने घोषणापत्रमा उल्लेख छ ।

यसैगरी माविलाई प्रविधिमैत्री बनाउने, एक विद्यालय एक पुस्तकालयको अवधारणा ल्याइने, गाउँपालिकास्तरीय शैक्षिक पात्रो निर्माण गरिने, गाउँपालिकास्तरीय परीक्षा समिति गठन गर्ने, शिक्षा आचारसंहिता कार्यान्वयनमा ल्याइने जस्ता बुँदा पनि घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न : मन्त्री पुन

  शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

निजी विद्यालय सञ्चालकले आन्दोलन चर्काउने

    निजी तथा आवासीय विद्यालय सञ्चालकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् ।...