कालीकोटमा दुई घण्टाका लागि हटाइएको कफ्र्यु पुनः शुरु



हाम्रो इकोनोमि

म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कफ्र्यु अर्को आदेश नहुञ्जेलका लागि पुनः शुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कफ्र्यू हटाइए पनि बिहान १० बजेदेखि पुःन शुरु भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

प्रजिअ बद्रीनाथ गैरेका अनुसार बिहान १० बजेसम्म अवस्था हेरी स्थगित कफ्र्यु स्थिति नियन्त्रणमा नआउने अवस्था भएपछि पुनः अर्को सूचना नहुँदासम्मका लागि थप गरिएको बताउनुभयो । अहिले जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, नागरिक समाज, राजनीतिक दल र प्रशासनबीच छलफल हुँदैछ ।

शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेका समयमा आन्दोलनकारी म्यादी प्रहरीले प्रशासन अगाडि टायर बाल्नाका साथै ढुंगामुढा प्रहार भएपछि ४ बजेदेखि कफ्र्यु लगाइएको थियो ।
आन्दोलनकारीले शनिबार राति कफ्र्यु जारी भएका अवस्थामा सशस्त्र प्रहरी गण रहेको भवनमा आगजनी गरेका छन् । त्यहाँ सशस्त्र प्रहरी जुम्लाबाट बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...