केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन शेखरको माग



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गर्नुभएको छ ।

विराटनगरमा आज कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उहाँले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बसाउनका लागि सो बैठक आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

उहाँले अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिँदै उहाँले अब पार्टीको सङ्गठन टोल–टोलसम्म पु¥याउनुपर्ने विषयमा जोड दिनुभयो ।

पार्टीभित्रैबाट अन्तर्घात भएका कारण आपूm निर्वाचनमा पराजित भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले त्यस्ता अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पत्रकारको जिज्ञासामा उहाँले काँग्रेस अब पाँच वर्षसम्म बलियो विपक्षीको भूमिका निर्वाह गर्दै पार्टीको सङ्गठनमा बढी केन्द्रित हुने स्पष्ट पार्नुभयो ।

पार्टीको महाधिवेशनमा पार्टी सभापति पदका लागि उठ्ने चर्चाको सम्बन्धमा उहाँले भन्नुभयो, “आपूm राजनीतिक मान्छे भएकाले ईच्छा राख्नु स्वाभाविक हो ।”

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...