गाउँपालिका कार्यालय भवन निर्माणको लागि १ करोड ६१ लाखको जग्गा निःशुल्क



हाम्रो इकोनोमि

नुवाकोट । जग्गा र भवन अभावमा भाडाको घरमा सञ्चालन हुँदै आएको शिवपुरी गाउँपालिकाको कार्यालय भवन निर्माण गर्न जग्गादाताले रु एक करोड ६१ लाख बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

शिवपुरी गाँउपालिका–६, समुन्द्रादेवीका समाजसेवी नरेश महत र दिनेश महतले वडा नंं ५, महाकालीको शेराबगरस्थित मध्यपहाडी लोकमार्गसँग जोडिएको स्थानमा दुई रोपनी तीन आना जग्गा गाँउपालिकालाई उपलब्ध गराएका छन् ।

उक्त स्थानको जग्गा प्रतिआनाको रु तीन लाखमा कारोबार हँुदै आएकाले उहाँहरुले दिएको जग्गाको मूल्य रु एक करोड पाँच लाख बराबरको रहेको गाउँपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो ।

नरेश र दिनेश महतले हजुरबुबा स्व महेन्द्रबहादुर महतको स्मृतिमा गाउँपालिकाको कार्यालय भवन निर्माण गर्न जग्गा उपलब्ध गराएको बताएका छन् । अहिले गाउँपालिकाको कार्यालय रहेको स्थानबाट १५० मिटरको दूरीमा पर्ने उक्त जग्गामा अब गाउँपालिकाले आर्थिक व्यवस्थापन गरी कार्यालय भवन निर्माण गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।

यस्तै, गाउँपालिकाको कार्यालय सञ्चालन गर्न वडा नं ५ महाकालीका गणेशप्रसाद पौडेलले सात आना, दलबहादुर कार्कीले पाँच आना, शिव पोखरेलले आठ आना र सीताराम आचार्यले आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ ।

उहाँहरुले दिनुभएको जग्गा भिन्दाभिन्दै कित्तामा रहेका छन् । उक्त जग्गा रहेको स्थानमा प्रतिआना रु दुई लाखको दरमा कारोबार हँुदै आएकाले बजार मूल्य रु ५६ लाख बराबर हुने जिल्ला मालपोत कार्यालयले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष थापाका अनुसार आर्थिक स्रोत र जग्गा अभावमा भाडाको आवासबाट सञ्चालन हुँदै आएको गाउँपालिकाले कार्यालय भवन निर्माणको लागि आवश्यकभन्दा बढी जग्गा प्राप्त भएसँगै कृषि सामग्री प्रदर्शनी केन्द्र र गाउँपालिका मातहतमा रहने अन्य कार्यालय भवन स्थापना गर्ने योजना बनाइएको छ ।

जग्गाधनीबाट जग्गाको स्वामित्व हस्तान्तरणसम्बन्धी कागजात जिल्ला मालपोत कार्यालय र नापी कार्यालयबाट पूरा भइसकेकाले गाउँपालिकाको कार्यालयको नाममा जग्गा धनी प्रमाणपत्र ९लालपुर्जा० निर्माणको अन्तिम प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...