हवाई कारबाहीमा एकजना कमाण्डरसहित सात आइएस मारिए



हाम्रो इकोनोमि

अफगानिस्तानको गजनी प्रान्तमा अफगानिस्ताको हवाई सेनाले बुधबार गरेको हवाई कारबाहीमा परी स्थानीय आइएस समूहका एकजना कमाण्डरसहित सात जनाको ज्यान गएको समाचार छ ।

उक्त क्षेत्रमा गुडिरहेको एक सवारी साधनलाई लक्षित गरेर सो कारबाही भएको एक स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

आइएसको आतङ्ककारी समूहलाई लक्ष्यगरी अफगान हवाई सुरक्षाबले बुधबार दिउँसो कारबाही गरेको थियो । यस कारबाहीमा परी आइएसका एकजना कमाण्डर नै मारिएका छन् ।

हवाई कारबाहीमा आतङ्ककारीको सवारी साधन भने पूर्णरुपमा ध्वस्त भएको अफगान सरकारी स्रोतले जनाएको छ । सो क्षेत्रमा आइएसका क्रियाकलापहरु बढेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...